
नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि सम्बन्धि नीति संसोधन गरेको छ ।
कार्तिक तीन गते जारी गरेको ब्याजदर वृद्धि सम्बन्धि नीति संसोधन गर्दै एकीकृत निर्देशन २०७७ मा समाबेश गरेको छ ।
मंसिरदेखि एक बैंक तथा वित्तीय संस्थाको अधिकतम र न्युनतम ब्याजदरको औसत ब्याजदर गणना गरी १० प्रतिशत मात्रै बढाउन सक्ने छन् ।
यसको अर्थ कात्तिक महिना न्यून ब्याजदर कायम गरेका बैंकलाई ब्याजदर बढाउने सुबिधा पाउने छन् भने बढी ब्याजदर कायम गर्नेलाई रोक्ने प्रयास गरेको छ ।
यसअघिको व्यवस्थाअनुसार बैंकले अघिल्लो महिनाको अधिकतम ब्याजदरबाटै १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था गरिएको थियो ।
यसैगरी नेपाल राष्ट्र बैंकले कल निक्षेप र संस्थागत निक्षेप बाहेक अन्य निक्षेपको ब्याजदरमा प्रकाशित गर्दा ०.५ प्रतिशत बढी ब्याजदर प्रकाशित गर्नुपर्ने ब्यवस्था खारेज गरेको छ ।