
विवाहको शुरूआती प्रमाण करीब ४ हजार ३५० वर्ष पहिले मेसोपोटामिया पाइएको थियो । जहाँ पहिलोपटक कुनै पुरुष र महिलालाई एक बनाउन समारोह भएको थियो ।
पछि विस्तारै सबैतिर विवाहको प्रचलन शुरू भयो । तर, प्रथा भने छुट्टाछुट्टै । विवाहसँग जोडिएको यस्ता छन् केही रोचक प्रथा–
१. टमाटरले बेहुलाको स्वागत
सामान्यतया जन्तीको स्वागतमा आरती र फूल हुन्छ । तर, भारतको उत्तर प्रदेशस्थित सरसौलका केही आदिवासी क्षेत्रमा बेहुला र जन्तीको स्वागत टमाटरले गरिन्छ । यति मात्रै होइन गाली पनि गरिन्छ । यसलाई एक धैर्यको परीक्षा मानिन्छ, यसरी शुरू भएको सम्बन्ध गहिरो हुने विश्वास गरिन्छ ।
२. विवाहअघि संन्यास लिने बेहुलाको जिद्दी
विवाह गरौं कि नगरौं भन्नेमा धेरै मानिसहरू अन्योलमा हुन्छन् । तर, विवाहको ठीकअघि बेहुलाले संन्यास लिने जिद्दी गरे ! छैन न अचम्मको चलन ? तमिल ब्राम्हणको विवाहमा यस्तो चलन छ । बेहुलाको जिद्दीपछि उनका पिता गएर कुरा गर्छन् । उनलाई घरगृहस्थी किन जरुरी छ भन्नेबारे बताउँछन् र बेहुलालाई मनाएर पुनः मण्डपमा ल्याउँछन् ।
३. टाउकोमा भाँडा राखेर बेहुलीले लिन्छिन् आशीर्वाद
यो अनौठो प्रचलन विहारका केही ठाउँमा छन् । विवाहपछि जब बेहुली पहिलोपटक बेहुलाको घर आउँछिन्, तब सासूले उनको टाउकोमा माटाको भाँडा राख्छिन् । यी भाँडासँगै बेहुलीले आशीर्वाद लिनुपर्ने हुन्छ । अचेल यो प्रचलन मजाक जस्तै लाग्छ । तर, केही वर्षअघि जुन बेहुलीले भाँडाको सन्तुलन कायम राख्न सक्थिनन्, उनले लाज एवं अप्ठ्यारो परिस्थितिको सामना गर्नुपथ्र्यो ।
४. बेहुला र बेहुलीको आमाले हेर्देनन् विवाह
कुनै पनि विवाहमा बेहुला र बेहुलीका आमाहरू निकै उत्साहित हुन्छन् । तर, यदि उनलाई विवाहमा नै सहभागी हुन मनाही भए ? यस्तो पारम्पारिक बंगाली विवाहमा हुन्छ । त्यहाँ आमाले आफ्नो छोरा वा छोरीको विवाह हेर्न पाउँदिनन् । भनिन्छ आमा सहभागी भए नवदम्पतीको जीवनमा नराम्रो प्रभाव पर्छ । छैन त विचित्र ।
५. बेहुलाअघि रुख वा कुकुरसँग विवाह
भारतका केही क्षेत्रमा एउटा यस्तो प्रचलन पनि छ, जहाँ बेहुलीले रुख वा कुकुरसँग विवाह गर्नुपर्ने हुन्छ । मांगलिक केटीको विवाह पहिले रुख वा कुकुरसँग गरायो भने दोष काटिन्छ भन्ने मान्यता छ । त्यसपछि बेहुलासँग विवाह गराइन्छ । महिलाहरूलाई अपमानित गर्ने यस्ता खालका प्रथाहरू विस्तारै कम हुँदै भने गएको छ ।
६. विवाहपछि बेहुला–बेहुली एक वर्षसम्म कोठामै बन्द
विवाहपछि बेहुला–बेहुली केही दिन एक्लै हुन चाहन्छन् । त्यसैले हनिमुनको योजना बनाइन्छ । तर, केही आदिवासी समुदायमा पति–पत्नी एक वर्षसम्म एक्लै रहनुपर्ने परम्परा छ ।
विवाहपछि दुई जनालाई कुनै एउटा ठाउँ रहन दिइन्छ । जहाँ उनीहरूलाई कसैसँग भेट्ने वा कुरा गर्ने अनुमति हुँदैछ । एक वर्षपछि गाउँका अग्रज व्यक्तिहरूले विवाहलाई मान्यता दिन्छन् । यसपछि भव्य कार्यक्रम गरेर रमाइलो गरिन्छ ।
७. माला फेरे मात्रै पनि विवाह
विवाहमा दर्जन बढी संस्कार हुन्छन् । त्यसको तयारीमा निकै समय लाग्ने गर्छ । तर, असमको रभा आदिवासी समूहमा भने विवाहमा माला फेरबदल मात्रै गरिन्छ । माला फेरबदल गरे विवाह भएको मानिन्छ । यसपछि आफन्तजनका लागि भोजको आयोजना गरिन्छ, जहाँ बेहुला र बेहुलीले खाना पस्किन्छन् ।
८. बेहुलाको नाक र कान तानिन्छ
विवाहमा बेहुलालाई निकै सम्मान दिइन्छ । यद्यपि केही परम्परा यस्तो पनि छ जहाँ बेहुलालाई हैरान पारिन्छ । भारत महाराष्ट्रको विवाहमा बेहुलीका भाइले बेहुलाको कान तान्ने परम्परा छ । गुजराती विवाहमा पनि बेहुलीकी आमाले बेहुलाको नाक तान्ने गर्छिन् । यो परम्परा मजाकका लागि गरिन्छ । यसको सांकेतिक अर्थ हो बेहुला सधैँ विनम्र बसिरहोस् ।
भारतमा मात्रै होइन, अन्य देशमा पनि यस्ता अनौठो परम्पराहरू छन्ः