३० जेठ २०८३, शनिबार

ग्रेन क्यानेरियाको एक टापुमा भएको डुंगा दुर्घटनामा ८ आप्रवासीको मृत्यु

कात्तिक २९, २०७८
ग्रेन क्यानेरियाको एक टापुमा भएको डुंगा दुर्घटनामा ८ आप्रवासीको मृत्यु

ग्रेन क्यानेरियाको एक टापुस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । 

आइतवार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरूको सकुशल उद्धार गरिएको थियो ।

डुंगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो । यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन् ।

यस स्थानबाट आप्रवासीहरूले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् । यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो ।

यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्