१६ असार २०८३, मंगलबार

जेलबाट छुटेपछि कहाँ छन् शाहरुखका छोरा आर्यन ? यो भिडियो भयो भाइरल

कात्तिक २९, २०७८
जेलबाट छुटेपछि कहाँ छन् शाहरुखका छोरा आर्यन ? यो भिडियो भयो भाइरल

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागुऔषध मुद्दामा रिहा भएर घर फर्किएका छन् । तर, घर आएपछि आर्यन सबैसँग टाढा छन् । 

समाचार अनुसार आर्यन न घरबाहिर निस्किएका छन् न साथीहरूलाई भेटेका छन् । शाहरुख खान पनि धेरै समयमा घरमै बिताउने गरेका छन् । यहाँसम्म कि आर्यनले आफ्नो जन्मदिन पनि घरपरिवारका बीचमा मात्रै मनाए । 

यही बीचमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा एक युवक देखा परेका छन्, जो मेट्रोमा यात्रा गरिरहेका छन् । यिनलाई पहिलो झलकमा हेर्दा सबै झुक्किन्छन्, किनकि यिनी आर्यन जस्तै देखिएका छन् । 

यद्यपि पूरै भिडियो हेरेपछि भने यी आर्यन नभई अरू हुन् भन्ने थाहा हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्