२९ जेठ २०८३, शुक्रबार

जूम मिटिङको क्यामेरा बन्द नगरी कपडा खोलेर हल्लिन थालेको भिडियो भाइरल !

कात्तिक २९, २०७८
जूम मिटिङको क्यामेरा बन्द नगरी कपडा खोलेर हल्लिन थालेको भिडियो भाइरल !

विज्ञान–प्रविधिको जमानामा सावधानी अपनाउन नसके गोप्य कुरा समेत बाहिरिन सक्ने खतरा रहन्छ । अमेरिकामा एउटा यस्तै घटना भएको छ ।

जूम मिटिङका क्रममा क्यामेरा बन्द नगरी कपडा खोलेर यताउता हल्लिन थालेको भिडियो भाइरल भएको छ, त्यो मिटिङमा महिलाहरू समेत सहभागी छन् ।

डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार व्यापारीहरूको संस्था मियामी बिच चेम्बर अफ कमर्सका सदस्यको बैठक चलिरहेकै बेला एक व्यक्तिले कपडा खोलेका थिए । उनी कपडा खोलेर यताउता हल्लिए पनि । देख्नेहरू अचम्ममा परे ।

जूम मिटिङमा ती व्यक्तिले गरिरहेको हर्कतको भिडियो रेकर्ड समेत भइरहेको थियो । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण भौतिक उपस्थितिमा बैठक गर्न नसकिने भएपछि जूम मिटिङलाई धेरैले प्रयोग गर्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्