×

NMB BANK
NIC ASIA

न्यायाधीशहरूसँग बारले भन्यो- राणाको राजीनामा बटमलाइन, दुई पक्षीय सम्झौता मान्दैनौं

कात्तिक २९, २०७८

NTC
Premier Steels

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमवार सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेर आफ्नो बटमलाइनबारे प्रस्ट्याएका छन् । 

Muktinath Bank

बारका पदाधिकारीहरूले १३ जना न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकान्तरसँग भने, 'अहिलेसम्म हाम्रो आन्दोलनको एजेन्डा तथा बटमलाइनबारे प्रस्ट रुपमा जानकारी गराएका छौं, प्रधानन्यायाधीशज्यूको राजीनामा नै बटमलाइन रहेको तथा त्यसभन्दा तल-माथि जान नसकिने भनेर प्रस्ट रुपमा कुरा राखेका छौं ।' 


Advertisment
Nabil box
Kumari

त्यसै गरी नेपाल बारका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश र न्यायाधीशबीच मात्र हुने सम्झौता मान्य नहुने कुरा पनि न्यायाधीशहरूलाई प्रस्ट रुपमा बताइएको छ । 

Vianet communication

'न्यायाधीश र प्रधानन्यायाधीशबीच दुई पक्षीय सम्झौता मात्र हामीलाई मान्य हुँदैन, बार समेतको त्रिपक्षीय सम्झौता मात्र मान्य हुने भनेर हामीले आफ्नो कुरा राखेका छौं,' बार महासचिव पौडेलले लोकान्तरसँग भने, 'तपाईंहरूको कुरा हामीले सुन्यौं, हामी आफ्नो कुरा भोलि राख्छौँ भनेर न्यायाधीशहरूले जवाफ दिनुभयो ।'

बारका पदाधिकारी र न्यायाधीशहरूबीच भोलि फेरि छलफल जारी रहने पौडेलले बताए ।

नेपाल बारका अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव र सर्वोच्च बारका अध्यक्ष र सचिवले १३ जना न्यायाधीशहरूसँग सोमवार भेटेर छलफल गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x