१६ असार २०८३, मंगलबार

फ्रान्सको झण्डामा चुपचाप बदलियो रंग

कात्तिक २९, २०७८
फ्रान्सको झण्डामा चुपचाप बदलियो रंग

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले देशको आधिकारिक झण्डामा गाढा नेभी ब्लु रंग प्रयोग गर्न थालेका छन् । 

पहिलाको चम्किलो रंगलाई बदलेर गाढा रंग राखिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

पोहोर साल राष्ट्रपति भवनमा नयाँ झण्डा राखिएका थिए तर त्यसको बारेमा कुनै हल्लाखल्ला गरिएन । 

म्याक्रोंले फ्रान्सेली क्रान्तिको प्रतीक नेभी ब्लु झण्डामा राख्न चाहेका थिए । 

तर दशकौंदेखि गाढा र चम्किलो दुवै किसिमको झण्डा उपयोगमा थिए । 

फ्रान्सको जलसेना र सरकारी भवनहरूमा नेभी ब्लु रंग उपयोग गरिन्छ ।  

राष्ट्रपति कार्यालयले झण्डामा ल्याएको परिवर्तनको सार्वजनिक घोषणा गरेको छैन । अनि अरू संस्थाहरूलाई त्यसै गर्न पनि आदेश दिइएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्