
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अंकले उकालो लागेर २ हजार ७१५.३५ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अंकले उकालो लागेर ५०६.५४ मा पुगेको छ ।
नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन । कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार सोमवार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.९६, व्यापार ५५.९४, होटल तथा पर्यटन ५८.५४, विकास बैंक १४१.४७, जलविद्युत् ५०.०५, वित्त ५७.८४, निर्जीवन बीमा २१२.४, उत्पादन १०९.४९, अन्य १८.३१, लघुवित्त ६३.३८, जीवन बीमा ११३.२४, सामूहिक लगानी कोष ०.०३ र लगानी १.६९ अंकले उकालो लाग्यो ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३५ करोड ४६ लाख ४० हजार ८२३ रुपैयाँ बराबरको कारोबार भयो ।
एचआईडीसीएल २८ करोड ६४ लाख ९२ हजार ९८३, लुम्बिनी विकास बैंक २३ करोड ७९ लाख ८२ हजार १०१, नबिल बैंक १६ करोड १५ लाख १७ हजार ७९० र ज्योति विकास बैंकको १३ करोड ९२ लाख ९४ हजार ९९७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
कारोबारका आधारमा बोटलर्स तराई, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । मैलुङ खोला जलविद्युत् कम्पनी ९.६१ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए ।
महालक्ष्मी विकास बैंक ४.४६, माउन्टेन इनर्जी २.८४, एसबीएल डिवेञ्चर २, माछापुच्छ«्रे बैंकको डिवेञ्चर र एनएमबी ५० का लगानीकर्ताले १.८४ प्रतिशतले गुमाए ।