३२ असार २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा परी मतदान अधिकृतको मृत्यु

कात्तिक २०, २०७४
मोटरसाइकल दुर्घटनामा परी मतदान अधिकृतको मृत्यु

टीकापुर, १० असार– टीकापुर नगरपालिकाको खड्क स्मृति मतदान केन्द्रका मतदान अधिकृत नृपराज भट्टराईको मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको छ ।

५१ वर्षका भट्टराई स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृत भई शुक्रबार निर्वाचन सामग्री बुझ्न धनगढी आउँदै गरेको बेला अत्तरिया नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।

खुट्टामा गम्भीर चोट लागेपछि भट्टराईलाई उपचारका लागि भारतको लखनऊ लैजादैँ गर्दा बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । २०५१ सालदेखि शिक्षण पेशामा संलग्न रहेका भट्टराई मुक्त कमैया प्रावि टीकापुरका प्रधानाध्यापक हुन् । उनको आज कर्णाली नदीमा अन्तिम संस्कार गरिदैछ ।

salt training

कमेन्ट गर्नुहोस्