
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ ।
पेट्रोल तथा डिजेलको मूल्यमा भएको वृद्धिसँगै विद्युतीय सवारीसाधनमा उपभोक्ताको ध्यान जान थालेको छ ।
भारतीय बजारमा पनि पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य एक सय रुपैयाँभन्दा बढी भएपछि इलेक्ट्रिक स्कूटरको माग अत्याधिक बढेको बताइएको छ ।
जस्ट डायल कन्ज्युमर इन्साइट सर्भेका अनुसार इलेक्ट्रिक स्कूटरको मागमा २२०.७ प्रतिशत बढेको पाइएको छ ।
यस्तै इलेक्ट्रिक कारको माग १३२.४ प्रतिशत र इलेक्ट्रिक बाइकमा १ १५.५ प्रतिशतले माग बढेको पाइएको छ ।
इलेक्ट्रिक साइकलको माग ६६.८ प्रतिशतले बढेको बताइएको छ ।
भारतको दिल्ली, मुम्बई, बैंगलोर, अहमदाबाद, हैदराबाद लगायतका शहरहरूमा इलेक्ट्रिक गाडी तथा मोटरसाइकल र स्कूटरहरूको माग बढी रहेको बताइएको छ ।