×

NMB BANK
NIC ASIA

विपद् व्यवस्थापनमा सबैको लागि सार्वजनिक सुरक्षा विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

मंसिर २, २०७८

NTC
Premier Steels

अमेरीकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीको तयार नेपाल परियोजनाको सहयोगमा अतुल्य फाउन्डेसन प्रा.लीले वीरेन्द्रनगर, सुर्खेतमा कार्तिक २८ गते देखि ३० गते सम्म आयोजना गरेको विपद् व्यवस्थापन तथा सार्वजनिक सुरक्षा विषयक ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

Muktinath Bank

मध्यपश्चिम विश्वविद्यालय(म.प.वि.) का उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको प्रमुख आतिथ्यमा उद्घाटन समारोह रहेको उक्त उद्घाटन सत्रमा कार्यक्रममा कार्यक्रममा म.प.वि. विज्ञान तथा प्रविधि/इन्जिनियरिङ्ग संकायका डीन सह–प्रा डा. सुदिप ठकुरी, संयुक्त राष्ट्र अमेरिका, स्यान डियागो, क्यालिफोर्नियाका प्रोफेसनल ईन्जिनियर अनन्तराम वैद्य, फाउन्डेसनका अध्यक्ष पल्लव पन्त, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका प्रादेशिक अध्यक्ष बिष्णु शर्मा, उपकुलपति सचिवालयका सदस्य, अपाङ्गता समावेशी विपद् जोखीम न्यूनीकरण बिज्ञ डा. राजु थापा लगाएतको उपस्थीती रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले सबैको लागि सार्बजानीक सुरक्षा बिषयको ऐतीहासीक बिकासक्रम र नेपालमा यस्को उपयोगीताको बारेमा प्रष्ट्याउदै, यो बिषयलाई म.प.वि.को सम्बन्धित संकायमा निश्चीत क्रेडीट आवर बनाएर राख्ने बारेमा विश्वबिद्यालयले सोचीरहेको जानकारी गराउनु भयो । डीन सह–प्रा. डा. सुदिप ठकुरीले अपांगतामैत्री संरचना सम्बन्धि सेचेतना बढाउन इन्जीनीयरीङ संकायले सक्दो सहयोग गर्ने कुरा राख्दै परीमार्जन हुन लागेको इन्जीनीयरीङ संकायको पाठ्यक्रममा, सबैको लागि सार्बजानीक सुरक्षाका बिषय समावेश गर्ने प्रतीवद्धता ब्यक्त गर्न गर्नुभयो । 


Advertisment
Nabil box
Kumari

Vianet communication

उक्त तिन दिनको प्रशिक्षण कार्यक्रममा इन्जीनीयर अनन्तराम वैद्यले सहजकर्ताको मूख्य भूमिका तथा डा. राजु थापाले सहयोगी प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । कार्यक्रममा सुरक्षा सेवा सम्बन्धी नियमनकारी निकाय, सुरक्षा सेवा प्रदायक निकाय, स्थानीय सरकार, सिभिल/हाइड्रोपावर/आर्किटेक्चर इन्जिनियरिङ्गका प्राध्यापक/विद्यार्थी तथा सुरक्षा सेवा उपभोक्ता निकायहरुसंग आम सर्वसाधारण र अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विपद्का बेला चाहिने सार्वजनिक सुरक्षाको ब्यवस्थापन बारे छलफल र ज्ञान आदानप्रदान भएको थियो । कार्यशालाको मुख्य सरोकारवाला निकायको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालय लगायतका सहभागीले, कार्यक्रमले, अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणमा, आफ्नो सोचाईको दाएरा फराकीले पारेको बताएका थिए । साथै सहभागीहरुले अमेरीका जस्तो बिकसीत देशले सार्बजानीक संरचनाहरुलाई पहुंच योग्य बनाउन अपनाएका अधिकांस बिधिहरु, लागत प्रभावकारी रुपमा नेपालमा पनि लागु गर्न सकीने निष्कर्ष निकालेका थिए ।

अतुल्य फाउण्डेशका अध्यक्ष पल्लव पन्तले सबै मिलेर पहुँचयुक्त संरचनाको निर्माण गर्न पर्ने र अपाङ्गता समाबेसी विपद् ब्यबस्थापनमा चासो राखी अपाङ्गता भएका ब्यक्तीहरु लाई विपद्को समयमा कसरी सहयोग गर्न सकिन्छ र त्यस बारेमा यस कार्यक्रममा सिकेको ज्ञानको प्रयोगले धेरै सहयोग पुग्ने बताउनु भयो । 

कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका सहजकर्ता इन्जीनीयर अनन्तराम वैद्यले, सबैलाई अपांगता समावेशी विपद् जोखिम न्यूनीकरणमा काम गर्न अनुरोध गर्दै कार्यक्रमको समापन गर्नभएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x