
अमेरीकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीको तयार नेपाल परियोजनाको सहयोगमा अतुल्य फाउन्डेसन प्रा.लीले वीरेन्द्रनगर, सुर्खेतमा कार्तिक २८ गते देखि ३० गते सम्म आयोजना गरेको विपद् व्यवस्थापन तथा सार्वजनिक सुरक्षा विषयक ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय(म.प.वि.) का उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको प्रमुख आतिथ्यमा उद्घाटन समारोह रहेको उक्त उद्घाटन सत्रमा कार्यक्रममा कार्यक्रममा म.प.वि. विज्ञान तथा प्रविधि/इन्जिनियरिङ्ग संकायका डीन सह–प्रा डा. सुदिप ठकुरी, संयुक्त राष्ट्र अमेरिका, स्यान डियागो, क्यालिफोर्नियाका प्रोफेसनल ईन्जिनियर अनन्तराम वैद्य, फाउन्डेसनका अध्यक्ष पल्लव पन्त, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका प्रादेशिक अध्यक्ष बिष्णु शर्मा, उपकुलपति सचिवालयका सदस्य, अपाङ्गता समावेशी विपद् जोखीम न्यूनीकरण बिज्ञ डा. राजु थापा लगाएतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले सबैको लागि सार्बजानीक सुरक्षा बिषयको ऐतीहासीक बिकासक्रम र नेपालमा यस्को उपयोगीताको बारेमा प्रष्ट्याउदै, यो बिषयलाई म.प.वि.को सम्बन्धित संकायमा निश्चीत क्रेडीट आवर बनाएर राख्ने बारेमा विश्वबिद्यालयले सोचीरहेको जानकारी गराउनु भयो । डीन सह–प्रा. डा. सुदिप ठकुरीले अपांगतामैत्री संरचना सम्बन्धि सेचेतना बढाउन इन्जीनीयरीङ संकायले सक्दो सहयोग गर्ने कुरा राख्दै परीमार्जन हुन लागेको इन्जीनीयरीङ संकायको पाठ्यक्रममा, सबैको लागि सार्बजानीक सुरक्षाका बिषय समावेश गर्ने प्रतीवद्धता ब्यक्त गर्न गर्नुभयो ।

उक्त तिन दिनको प्रशिक्षण कार्यक्रममा इन्जीनीयर अनन्तराम वैद्यले सहजकर्ताको मूख्य भूमिका तथा डा. राजु थापाले सहयोगी प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । कार्यक्रममा सुरक्षा सेवा सम्बन्धी नियमनकारी निकाय, सुरक्षा सेवा प्रदायक निकाय, स्थानीय सरकार, सिभिल/हाइड्रोपावर/आर्किटेक्चर इन्जिनियरिङ्गका प्राध्यापक/विद्यार्थी तथा सुरक्षा सेवा उपभोक्ता निकायहरुसंग आम सर्वसाधारण र अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विपद्का बेला चाहिने सार्वजनिक सुरक्षाको ब्यवस्थापन बारे छलफल र ज्ञान आदानप्रदान भएको थियो । कार्यशालाको मुख्य सरोकारवाला निकायको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालय लगायतका सहभागीले, कार्यक्रमले, अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणमा, आफ्नो सोचाईको दाएरा फराकीले पारेको बताएका थिए । साथै सहभागीहरुले अमेरीका जस्तो बिकसीत देशले सार्बजानीक संरचनाहरुलाई पहुंच योग्य बनाउन अपनाएका अधिकांस बिधिहरु, लागत प्रभावकारी रुपमा नेपालमा पनि लागु गर्न सकीने निष्कर्ष निकालेका थिए ।
अतुल्य फाउण्डेशका अध्यक्ष पल्लव पन्तले सबै मिलेर पहुँचयुक्त संरचनाको निर्माण गर्न पर्ने र अपाङ्गता समाबेसी विपद् ब्यबस्थापनमा चासो राखी अपाङ्गता भएका ब्यक्तीहरु लाई विपद्को समयमा कसरी सहयोग गर्न सकिन्छ र त्यस बारेमा यस कार्यक्रममा सिकेको ज्ञानको प्रयोगले धेरै सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका सहजकर्ता इन्जीनीयर अनन्तराम वैद्यले, सबैलाई अपांगता समावेशी विपद् जोखिम न्यूनीकरणमा काम गर्न अनुरोध गर्दै कार्यक्रमको समापन गर्नभएको थियो ।