काठमाडौं, १० असार– मधेस आन्दोलन अहिले पनि चलिरहेको छ । संविधानप्रति असन्तुष्ट रहेका मधेस केन्द्रित केही दलका नेताहरु स्थानीय तह निर्वाचनलाई बहिस्कार गरेर आन्दोलनमा छन् ।
गणतन्त्र स्थापना पछि पहिचानको मुद्धामा अनेक पटक मधेसमा आन्दोलन चल्यो र अहिले पनि चलिरहेको छ । नेपालको केन्द्रिकृत राज्यशक्ताले मधेसको माग नसुनेको आवाज उठिरहेको बेला छिमेकी मुलुक भारतमा पनि नेपाली भाषी भारतीयहरुले पहिचान माग्दै आन्दोलन गरिरहेका छन् ।
यहि परिपृक्ष्यमा पुर्णेन्दु झा निर्देशित एक फिल्म आउँदै छ, ‘संरक्षण’ । फिल्ममा एउटा संवाद छ, ‘सिक्किम दुख्छ, दार्जिलिङ दुख्छ, तर आफ्नै देशको मधेस दुख्दैन ।’
पहिचान र राष्ट्रियतालाई समेटेर बनाइएको चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, रमेशरञ्जन झा, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, मलिना जोशी, अशिष्मा नकर्मी, रमेश बुढाथोकी, नीर शाह, नन्दु श्रीवास्तवलगायतको अभिनय छ ।
रमेशरञ्जन झा र पुर्णेन्दु झाको संयुक्त लेखनमा तयार भएको फिल्म साउन २७ गते रिलिज हुने छ ।