१७ असार २०८३, बुधबार

आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक

आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक

आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानून व्यवसायी घाइते भएका थिए ।

त्यसपछि आन्दोलनको समीक्षा र भावी रणनीति तय गर्न बार आकस्मिक रूपमा छलफलमा जुटेको हो ।

दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्णयबारे जानकारी गराइने बार उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरलाई जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्