०१ असार २०८३, सोमबार

बारको गुनासो : ‘हामीलाई माथिबाट छेक्ने र तलबाट बुटले हान्ने काम भयो’

बारको गुनासो : ‘हामीलाई माथिबाट छेक्ने र तलबाट बुटले हान्ने काम भयो’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग भएको गुनासो गरेको छ ।

बिहीवार आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले भने, ‘हामीलाई माथिबाट छेक्ने र तलबाट बुटले हान्ने काम भयो ।’

शान्तिपूर्ण रूपमा भइरहेको धर्ना कार्यक्रममा दंगा प्रहरी प्रयोग गरी बल प्रयोग भएको बारले जनाएको छ ।

बल प्रयोगका क्रममा बिहीवार अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित ६ जना अधिवक्ता घाइते भएकोमा केन्द्रीय सदस्य प्रकाश महर्जन गम्भीर घाइते भएर अस्पतालमा उपचाररत रहेका बारले जनाएको छ ।

आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्