१० असार २०८३, बुधबार

जुन न्यायाधीशले प्रधानन्यायाधीशसँग बेन्च शेयर गर्छ, त्यो बेन्च बहिष्कार हुन्छ : वरिष्ठ अधिवक्ता शाक्य

जुन न्यायाधीशले प्रधानन्यायाधीशसँग बेन्च शेयर गर्छ, त्यो बेन्च बहिष्कार हुन्छ : वरिष्ठ अधिवक्ता शाक्य

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च शेयर गरेमा आफूहरूले  बेन्च बहिष्कार गर्ने बताएका छन् ।

बिहीवार नेपाल बार एशोसिएशनको सर्वोच्च अदालतमा धर्ना दिएपछि बार एशोसिएशनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले गोलाप्रथाको नाममा प्रधानन्यायाधीश बेन्चमा बसे बार एशोसिएशनको आपत्ति रहने बताए ।

प्रधानन्यायाधीशसँग न्यायाधीशहरूले बेन्च शेयर गरेमा बारले बेञ्च बहिष्कार गर्ने स्पष्ट उनले पारे । उनले प्रधानन्यायाधीशलाई वैधता दिने काममा आफूहरूले स्वीकार नगर्ने बताए ।

उनले भने, ‘तपाईंको कुनै पनि प्रक्रियाले प्रधानन्यायाधीशलाई वैधता प्रदान गर्ने कुनै पनि कदमप्रति हाम्रो सहमति, समझदारी र हाम्रो स्वीकार्यता हुँदैन । हाम्रो आन्दोलन निरन्तर रहन्छ । अटोमेसनबाट जानुपर्छ, अटोमेसन नभएसम्म गोलाप्रथाबाट जानुपर्छ भन्ने कुरा हाम्रो पनि माग हो । हरिकृष्ण कार्कीको प्रतिवेदनको पनि एउटा महत्त्वपूर्ण माग हो । त्यस प्रक्रियामा जानेकुरामा हामीलाई केही पनि भन्नु छैन तर त्यो गोलाप्रथाबाट यदि प्रधानन्यायाधीशले गोला लिने र उहाँको बेन्चमा बस्ने कार्य भयो भनेदेखि त्यसको हाम्रो घोर आपत्ति हुन्छ र जुन न्यायाधीशले प्रधानन्यायाधीशसँग बेन्च सेयर गर्छ त्यो बेञ्च हाम्रो बहिष्कार हुन्छ । हामी त्यसमा बहस गर्दैनौं । हाम्रो बारको फिर्ता नआउने आन्दोलन छ, त्यसलाई कुनै पनि किसिमले निस्तेज पार्ने, निष्क्रिय पार्ने किसिमको उद्देश्यले यदि कसैले पनि कुनै कदम चाल्यो भने हाम्रो सहमति हुँदैन । प्रधानन्यायाधीशलाई वैधता दिने काम भयो भने हाम्रो मान्यता हुँदैन । हाम्रो स्वीकार्यता हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्