३१ जेठ २०८३, आइतबार

ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

उदयपुरगढी गाउँपालिका–६ दनुवारबेंसीमा बिहीवार बिहान ट्रयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित २ जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्रयाक्टर चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विटानगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

दुर्घटनामा गैरुनकै १६ वर्षीय सकुन सदासहित अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन्, तीमध्ये ५ जना गम्भीर रहेको र उनीहरूको विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

गाईघाटबाट जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्लीस्थित रुपाटार जाँदै गरेको प्रदेश२–०१–००१–त १०८३ नम्बरको ट्रयाक्टर बिहान ९ः३० बजे उदयपुरगढी गाउँपालिका–६ दनुवारबेँसीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्