०६ असार २०८३, शनिबार

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा, आइतवारदेखि मौसममा सुधार हुँदै जाने

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा, आइतवारदेखि मौसममा सुधार हुँदै जाने
फाइल तस्वीर।

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतवारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । 

नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतवार मध्याह्नबाट क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती  प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । …ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन,Ú मौसमविद् सापकोटाले  भने । 

हाल देशको प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरूमा सामान्यतया बदली रहेको छ । दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरूमा सामान्य  बदली रही बाँकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव एक डिग्री र अधिकतम तापक्रम २२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्