१० असार २०८३, बुधबार

योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण गर्ने

योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण गर्ने
फाइल तस्वीर।

योगगुरु बाबा रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् । 

​पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीवार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिवार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन् । 

शनिवार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।

बाबा रामदेव शुक्रवार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्ने कार्यक्रम छ । सोही क्रममा उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ । 

योगगुरु बाबा रामदेव बिहीवार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम् आध्यात्मिक देश हो भनेका थिए । उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताए ।

नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरु रहेको पनि बताए । शनिवार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्