०८ साउन २०८३, शुक्रबार

स्थानीय तहको चुनावमा केन्द्रीय नेताहरु

कात्तिक २०, २०७४
स्थानीय तहको चुनावमा केन्द्रीय नेताहरु

गुल्मी, १० असार - स्थानीय तहको चुनावमा गुल्मीका चारजना केन्द्रीय नेताहरु २० वर्षपछि स्थानीय तहको मतदान प्रक्रियामा सहभागी हुनुहुनेभएको छ ।election-final

केन्द्रीय नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, चन्द्र भण्डारी र सुवर्ण ज्वारचन अलग अलग गाउँपालिकाबाट आ–आफ्ना पार्टीका उम्मेदवारलाई यसपटक मत दिँदैहुनुहुन्छ ।

केन्द्रीय नेताहरुमा एमालेको तर्फबाट पार्टी सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट रहनुभएको छ भने नेपाली काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य चन्द्र भण्डारी र पूर्व वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन रहनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीका अनुसार ज्ञवालीले रुरु गाउँपालिकाअन्तर्गत बलेटक्सार मावि केन्द्र र विष्टले इस्मा गाउँपालिकाअन्तर्गत दोहोलीको रामराज्य मावि मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

त्यसैगरी, अर्का केन्द्रीय नेता भण्डारीले छत्रकोट गाउँपालिकाअन्तर्गत जनजागृति मावि हुँगा र पूर्व राज्यमन्त्री ज्वारचनले सत्यवती गाउँपालिकाअन्तर्गत ज्ञानोदय प्रावि चोगाबाट मतदान गर्ने बताइएको छ ।

यी चारैजना केन्द्रीय नेताहरु यतिबेला जिल्लामा आएर आ–आफ्ना पार्टीका उम्मेदवारलाई मत माग्दै दिनहुँ चुनावी सभा, ¥याली र घरदैलो अभियानमा व्यस्त बनेका छन् । स्थानीय चुनावमा केन्द्रीय नेताहरुको उपस्थितिले पार्टी कार्यकर्तामा समेत उत्साह थपिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्