×

NMB BANK
NIC ASIA

अन्तरिक्षमा युद्धको खतरा: रुसले भू-उपग्रह ध्वस्त पार्दा अमेरिका क्रुद्ध, हतियारको होडबाजीले विनाशको त्रास !

मंसिर ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुसले भूउपग्रह ध्वस्त पार्ने क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि अन्तरिक्षयानको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरिएको छ । अन्तरिक्षमा प्रयोग गरिने हतियारहरूसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको अभाव त्यसभन्दा पनि चिन्ताजनक कुरा हो । यसले अन्तरिक्ष पनि युद्धभूमि बन्न सक्ने खतरालाई औंल्याएको छ ।

Muktinath Bank

अमेरिकाले अन्तरिक्षमा हतियारमाथिको नियन्त्रणलाई विरोध गर्ने भए पनि शक्तिसन्तुलन परिवर्तन हुँदै जाँदा त्यसमा पुनर्विचार गर्न सक्ने देखिन्छ । मंगलवार मस्कोले परीक्षणको पुष्टि गर्दै पुरानो र बेकामे भइसकेको सोभियत निगरानी भूउपग्रहलाई ध्वस्त पारेको बतायो । भूउपग्रह ध्वस्त पार्दा कूडाकर्कट चारैतिर फैलिएपछि अमेरिकाले त्यस परीक्षणलाई गैरजिम्मेवार र लापरवाहीपूर्ण भनी आलोचना गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तरिक्षको कबाडी (स्पेस जंक) भनिने वस्तुले भूउपग्रह तथा इन्टरनेसनल स्पेस स्टेसनलाई गम्भीर जोखिममा पार्छ । अन्तरिक्षमा उडिरहेका फोहरको डंगुरमा थप फोहर थप्नुबाहेक रुसले खासै गतिलो काम गरेको हैन । तर रुसको परीक्षणले अन्तर्राष्ट्रिय कानून तोडेको छैन किनकि अन्तरिक्षको फोहरलाई नियमन गर्ने बाध्यकारी कानूनी व्यवस्था नै छैन ।


Advertisment
Nabil box
Kumari

रुसले गरेको परीक्षणप्रति पश्चिमले जनाएको प्रतिक्रियाको प्रतिनिधिमूलक भनाइ यूएस स्पेस कमान्डका कमान्डर जनरल जेम्स डिकिन्सनले व्यक्त गरे । उनका अनुसार, रुसले ‘सबै मुलुकका लागि अन्तरिक्षको सुरक्षा, रक्षा, स्थिरता तथा दिगोपनको मान्यतालाई जानाजान अपमान गरेको छ’ । 

Vianet communication
Laxmi Bank

‘हामी यस्तो किसिमको गतिविधिलाई सहँदैनौं,’ अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताए । अन्तरिक्षको फोहरका सम्बन्धमा अमेरिकाले गरेको गुनासो जायज छ तर रुसको परीक्षणले आफ्नो सैन्य प्रभुत्व गुमेको विषयमा अमेरिका बढी चिन्तित बनेको पो हो कि ?

विज्ञहरूले अन्तरिक्षको सैन्यीकरण तथा शस्त्रीकरण भिन्न रहेको बताएका छन् । सैन्यीकरण भन्नाले अन्तरिक्षलाई सञ्चार जस्ता सैन्य उद्देश्यका साथ उपयोग गर्नु हो भने शस्त्रीकरण भन्नाले विनाशकारी क्षमता भएका प्रणालीलाई अन्तरिक्षमा राख्नु हो । अन्तरिक्षको सैन्यीकरण उहिल्यै गरिएको हो । शस्त्रीकरण भने गर्न बाँकी छ । 

अन्तरिक्षमा हतियारको नियमन गर्ने एक मात्र कानूनी दस्तावेज सन् १९६७ को आउटर स्पेस ट्रीटी हो । त्यसले पृथ्वीको कक्षमा आणविक वा आमविनाशकारी हतियार राख्न प्रतिबन्ध लगाउँछ । हतियारमाथिको प्रतिबन्धलाई विस्तार गर्ने प्रयासहरू विफल भएका छन् किनकि अमेरिकाले त्यसको प्रतिकार गर्ने गरेको छ । 

केही रणनीतिकारहरूले अन्तरिक्षलाई सुरक्षित स्थानका रूपमा छोड्नुपर्ने र हतियारको नयाँ दौड गर्न नहुने तर्क गर्ने गरेका छन् । तर अमेरिकाको सैन्य वृत्तमा हतियारको होड अवश्यम्भावी रहेको अनि अमेरिकाले प्राविधिक विकास गरुन्जेल अरूभन्दा अघि रहिरहनुपर्ने सोच छ । 

यूएस स्पेस कमान्डका तत्कालीन कमान्डर इन चीफ जोसेफ डब्ल्यू एशीले सन् १९९६ मा भनेका थिए :

‘यो राजनीतिक रूपमा संवेदनशील कुरा हो तर यो अवश्यम्भावी छ । हामीले अन्तरिक्षमा लडाइँ गर्नेछौं । हामी अन्तरिक्षबाट युद्ध गर्नेछौं र अन्तरिक्षमा समेत युद्ध गर्नेछौं । त्यसैले अमेरिकाले निर्देशित ऊर्जा र मार्नका लागि हिर्काउने संयन्त्र विकसित गरिरहेको छ । पछि हामीले अन्तरिक्षबाट जहाज, विमान र जमीनमा रहेका लक्ष्यहरूलाई तारो बनाउनेछौं ।’

सबभन्दा महत्त्वपूर्ण कुरा, रुसले हाइपरसोनिक ग्लाइड क्षेप्यास्त्र तैनाथ गरेर अमेरिकाले दशौं अर्ब डलर लगानीमा बनाएको ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बेकामे बनाइदिएको छ । यी क्षेप्यास्त्रहरूका विरुद्ध अमेरिकीहरूले रक्षा प्रणाली विकसित गर्न सक्लान् तर त्यसको मूल्य निकै चर्को हुनेछ । अनि त्यस्तो प्रणाली तैनाथ गरुन्जेल नयाँ प्रणालीहरूले त्यसको तोड निकालिसकेका हुनेछन् ।

अमेरिकामा रोनल्ड रेगन राष्ट्रपति हुँदादेखि नै शक्तिशाली समूहहरूले अन्तरिक्षमा राखिएको ब्यालिस्टिक क्षेप्यास्त्रविरुद्धको रक्षा प्रणाली राख्न पैरवी गरिरहेका छन् । त्यसले पृथ्वीको कक्षमा हतियार प्रणाली राख्ने बाटो खोल्नेछ । यही कारणले गर्दा अमेरिकाले हतियार नियन्त्रणमार्फत आफ्नो हात बाँध्ने प्रयासलाई प्रतिकार गर्दै आएको छ । सन् २००६ मा अमेरिको नेसनल स्पेस पोलिसीले यस्तो घोषणा गरेको थियो– ‘अमेरिकाले अन्तरिक्षमा अमेरिकाको पहुँच वा प्रयोगलाई रोक्ने वा सीमा तोक्ने नयाँ कानून वा अन्य छेकवारको विरोध गर्नेछ । हतियार नियन्त्रण सहमति वा छेकवारले अन्तरिक्षमा अमेरिकाको राष्ट्रिय स्वार्थ पूरा गर्नका लागि गरिने अनुसन्धान, विकास, परीक्षण तथा अन्य कारवाही वा गतिविधि जस्ता अधिकारलाई रोक्न हुँदैन ।’

सन् २००८ मा चीन र रुसले अन्तरिक्षमा हतियार राख्न प्रतिबन्ध लगाउने सन्धि र अन्तरिक्षमा रहेका वस्तुमाथि बलप्रयोगविरुद्धको सन्धिको मस्यौदा प्रस्ताव गर्दा अमेरिकाले त्यसको विरोध गरेको थियो । अन्तरिक्षमा हतियारको दौड रोकथाम शीर्षकको प्रस्ताव निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको तदर्थ समितिले राखेको भए पनि अमेरिकाले सधैं त्यसका विरुद्ध मत दिने गरेको छ । 

यसमा अमेरिका र उसका पश्चिमी साझेदार एकातिर अनि रुस र चीन अर्कातिर रहेको कुरा पोहोर साल स्पष्ट भएको थियो । त्यतिबेला दुवै पक्षले बेग्लाबेग्लै राष्ट्रसंघीय प्रस्तावको समर्थन गरेका थिए । पहिलो प्रस्ताव बेलायतीहरूले राखेका थिए र त्यसमा अमेरिकीहरूले समर्थन जनाएका थिए । त्यसमा राष्ट्रसंघका सदस्यहरूलाई अन्तरिक्षमा जिम्मेवार व्यवहारसम्बन्धी मान्यता, नियम र सिद्धान्तको थप विकास तथा कार्यान्वयनका विषयमा धारणा साझा गर्न’ उत्प्रेरित गरिएको थियो । रुसले यो बेकामे प्रस्तावविरुद्ध मतदान गरेको थियो र यसले अन्तरिक्षको शान्तिपूर्ण अधिकारको आवश्यकता, अन्तरिक्षमा हतियार राख्ने कामलाई प्रतिबन्ध, बलप्रयोगको धम्की दिन नपाइने तथा जिम्मेवार व्यवहारको स्पष्ट रूपरेखासम्बन्धी प्रावधान समावेश नगरेको गुनासो गरेको थियो ।

त्यसको साटो रुसले अर्को मस्यौदालाई समर्थन गरेको थियो । त्यसका अनुसार, ‘हतियारको दौडबाट अन्तरिक्षलाई बाहिरै राख्ने र त्यसलाई शान्तिपूर्ण उद्देश्यका लागि सुरक्षित राख्ने काम राज्यको नीतिको अनिवार्य आवश्यकता बन्नुपर्ने र सबैले मान्यता दिएको अन्तर्राष्ट्रिय दायित्व बन्नुपर्ने’ घोषणा गरेको थियो । अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुकले यो दह्रो प्रस्तावका विरुद्ध मतदान गरेका थिए । उनीहरू अन्तरिक्षको शस्त्रीकरण भन्दा पनि मूल्यमान्यता जस्ता अस्पष्ट कुरा गर्न मन पराउँछन् जस्तो देखिन्छ ।

हतियारमा नियन्त्रण गर्दा कमजोर पक्षलाई फाइदा पुग्छ र संसारको प्रभुत्वशाली सैन्यशक्तिको नाताले अमेरिकाले आफूलाई खुम्च्याउने कुरामा सहमति नगर्ने यस दृष्टिकोणबाट स्पष्ट हुन्छ । अन्तरिक्षमा हतियारको होड स्वागतयोग्य छैन तर त्यस्तो होड भएमा अमेरिकाको जीत हुन्छ भन्ने सोच हो । तर दुर्भाग्यवश अमेरिकाको जीत पक्का छैन र प्रविधिका क्षेत्रमा हालै भएका विकासले अन्तरिक्षका विषयमा अमेरिकाले बनाएका धेरै योजनाहरूलाई असान्दर्भिक बनाइदिएका छन् । 

सबभन्दा महत्त्वपूर्ण कुरा, रुसले हाइपरसोनिक ग्लाइड क्षेप्यास्त्र तैनाथ गरेर अमेरिकाले दशौं अर्ब डलर लगानीमा बनाएको ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बेकामे बनाइदिएको छ । यी क्षेप्यास्त्रहरूका विरुद्ध अमेरिकीहरूले रक्षा प्रणाली विकसित गर्न सक्लान् तर त्यसको मूल्य निकै चर्को हुनेछ । अनि त्यस्तो प्रणाली तैनाथ गरुन्जेल नयाँ प्रणालीहरूले त्यसको तोड निकालिसकेका हुनेछन् । अमेरिकाले आफूलाई आणविक आक्रमणबाट प्रतिरक्षा गर्नका लागि अन्तरिक्षलाई शस्त्रीकरण गर्नुपर्छ भन्ने सोच नै गलत छ । 

रुसले भूउपग्रह ध्वस्त पार्ने परीक्षण गरी अमेरिकालाई उसको कमजोरी पहिचान गर्न र सम्झौताका लागि बाध्य बनाउन कोशिश गरेको हुन सक्छ । तर त्यसले काम नगर्न सक्छ । माथि उल्लेख गरिएबमोजिम विशाल रकम खर्च गर्न तयार शक्तिशाली अमेरिकी संस्थाहरूले यस्तो सम्झौता गर्न दिने छैनन् । यो दुःखद कुरा हो । अन्तरिक्षमा हतियारको दौडबाट सेनाका जनरल र हतियार निर्माताहरूलाई मात्र फाइदा पुग्छ । यो कुरा जति छिटो सबैले बुझ्छन्, त्यति राम्रो हुनेछ । 

आरटीमा प्रकाशित पल रबिन्सनको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x