१० असार २०८३, बुधबार

कक्षा १२ को नतिजा छिटो प्रकाशित गर्न शिक्षा मन्त्रीको निर्देशन

कक्षा १२ को नतिजा छिटो प्रकाशित गर्न शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा बोर्ड चुस्त दुरुस्त हुनपर्ने बताएका छन् ।  कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको गुनासो आएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन समेत दिए ।  

शुक्रबार अनुगमनका गर्न सानोठिमी पुगेका मन्त्री पौडेलले परीक्षा अगाबै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएकोप्रति सम्वेदनशील बन्न कर्मचारीलाई आग्रह गरे ।
‘परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’ उनले भने, ‘यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुस् ।’
परीक्षा बोर्डमा भएका समस्याहरुको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन  पनि मन्त्रीले कर्मचारीलाई निर्देशन  दिए ।
सो क्रममा मन्त्री पौडेलले १ कक्षा देखि १२ कक्षासम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्