×

NMB BANK
NIC ASIA

सरकारको नालायकीपन

राजधानी कि 'लाजधानी': धूलो खुवाएर जनतालाई कहिलेसम्म बिरामी पारिराख्ने सरकार ? [भिडियो]

मंसिर ७, २०७८

NTC
Premier Steels

देशको राजधानी काठमाडौंको दृश्य हो यो, जहाँ हरेक दिन हजारौं गाडीको ओहोरदोहोर गर्छन् । देशको कुना कन्दराबाट दैनिकजसो गाडी भित्रिरहन्छन् र एकोहोरो हजारौं गाडी कुदिरहन्छन।

Muktinath Bank

यति धेरै गाडी कुद्नुपर्ने राजधानी जस्तो ठाउँका सडक भने खाल्डखुल्डी र धूलैधूलोले भरिएको देखिन्छ। काठमाडौंको कुनै एउटा चोकमा मास्क नलगाइकन एकछिन उभिनुभयो भने श्वास फेर्न नसकिने गरी धूलोको मुस्लो आउने गर्दछ । झन् सडक चौडा गर्ने भनेर खनेको सडक त बन्ने कहिले हो कहिले । त्यही खनेर छाडेको धूलोले सर्वसाधारण आजित भइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा देखाइएको दृश्य कुनै खानी क्षेत्रको होइन, राजधानी काठमाडौं उपत्यकाको एक घनाबस्ती हो । ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रको मूल सडकमा उडेको धूलोमा निसास्सिएका नागरिक हुन् । आम नागरिकप्रति राज्य संयन्त्र कति क्रुर बन्न सक्छ भन्ने उदाहरण हो यो । बिदुर लामिछाने जो हरिसिद्धि क्षेत्रमा दुई वर्षदेखि किराना पसल चलाएर बस्छन्, तर विडम्बना जहिलेबाट उनले पसल चलाउन थाले त्यही दिनबाट यो सडकलाई चौडा पार्ने भनेर डोजर चलाइयो । आजसम्म पनि यस सडकका आसपास व्यापार व्यवसाय गरेर बस्नेले पिच कहिले हुने भनी कुरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

हरिसिद्धि मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सडकको दुर्दशा यस्तै छ । कोटेश्वरमा मुख्य सडकको दाँयाबाँया सडक विस्तार गर्ने भनेर खनिएको बाटो अहिलेसम्म पिच हुन सकेको छैन, जसका कारण त्यहाँ हिँड्ने बटुवा, सर्वसाधारण र फूटपाथे व्यापारीले दैनिक जसो धूलो खाइरहेका छन् । त्यस्तै भैँसेपाटी जाने सडकको हालत पनि उस्तै छ, जहाँ बर्खामा हिलो र हिउँदमा धूलोले हिँडिसाध्ये हुँदैन ।   

Vianet communication

सडक विस्तार र मर्मतको काम समयमा नगर्ने ठेकेदारलाई पुरस्कृत गरेर सरकारले नागरिकलाई धूलो खुवाइरहेको छ । यही हो राजधानी शहर ? यसमा सम्बन्धित निकाय र सरकारको ध्यान गएको देखिँदैन । देशको राजधानीलाई ‘ग्यास च्याम्बर’ बनाउने दोषी को हो ? किन दोषीमाथि कारवाही हुँदैन सरकार ?  किन सडक चाँढो बनाइँदैन ? कहिलेसम्म जनतालाई धूलो खुवाइरहने सरकार ? 

हेर्नुहोस्, भिडियो रिपोर्ट :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x