
बलिउड अभिनेत्री प्रिंयका चोपडा र उनका पति निक जोनसको सम्बन्धविच्छेदको खबर अहिले चर्चामा छ ।
वास्तवमा प्रियंकाले आफ्नो इन्स्टाग्राममा आफ्नो नामबाट जोनस थर हटाएकी छन् । जसकारण उनीहरूको सम्बन्धविच्छेद भएको अनुमान लगाइएको थियो ।
यद्यपि अहिले निक जोनसको एक भिडियोले यी सबै खबरमा पूर्ण विराम लगाइदिएको छ ।
सम्बन्धविच्छेदको खबर आएसँगै निक जोनसले एउटा फिटनेस भिडियो शेयर गरेका छन् । भिडियोमा उनी जिममा डंबल्स उठाइरहेको देख्न सकिन्छ । त्यसमा प्रियंकाले मीठो प्रतिक्रिया दिएकी छन् । उनले लेखेकी छन्, ‘ड्याम्, आईएम जस्ट डाइड इन योर आमर््स ।’
योसँगै उनीहरूबीचको सम्बन्धमा कुनै दरार नआएको अनुमान गर्न सकिन्छ । साथै प्रियांकाकी आमा मधु चोपडाले पनि सम्बन्धविच्छेदको खबर अफवाह भएको बताएकी छन् ।