
हालैका दिनहरूमा इरान र अमेरिकाबीच भएका शृङ्खलाबद्ध सैन्य आक्रमण र प्रतिआक्रमणपछि दुवै देश तनाव कम गर्न र द्वन्द्व विच्छेद गर्न सहमत भएका छन्। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूले यसको पुष्टि गरेका हुन्।
रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग र त्यस वरपरका क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भएका धेरै आक्रमणहरूपछि यो सम्झौता भएको हो । ती घटनाहरूका कारण खाडी क्षेत्रमा युद्धको खतरा बढेको थियो भने दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए।
यसअघि, गत जुन १७ मा अमेरिका र इरानबीच एउटा महत्वपूर्ण १४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा सबै मोर्चाहरूमा सैन्य अपरेशनहरूको तत्काल र स्थायी रूपमा बन्द गर्ने प्रमुख प्रावधान समावेश थियो । तर, त्यसलगत्तै भएका आक्रमणहरूले सम्झौता जोखिममा परेको बेला पछिल्लो सहमति बाहिर आएको हो।