जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
नेपालको सर्वोच्च अदालत स्थापनाको ६ दशकपछि २०७८ मंसिर २ गते नेपालको न्यायिक इतिहासका एउटा ठूलै क्रान्ति भएको छ ।
सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेशी तोक्दा गोलाप्रथा लागू गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेका छन् । गोलाप्रथाबाट पेशी तोक्ने नियमावली संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ । यससँगै प्रधानन्यायाधीशमा रहेको पेशी तोक्ने तजबिजी अधिकार खोसिएको छ ।
असल या खराब जे सुकै नियत राखेर गरेको भएपनि अहिलेसम्म प्रधानन्यायाधीशले नै तजबिजी ढंगले न्यायाधीशलाई मुद्दा तोक्ने परम्परा थियो । विगतका सबै प्रधानन्यायाधीशले पेशी तोक्दा खराब नियत राखेका भनेर भन्न मिल्दैन । तर पछिल्ला वर्षहरूमा मुद्दा सेटिङका लागि ‘बेञ्च सपिङ’ हुने गरेको आरोपका प्रश्न स्वयं प्रधानन्यायाधीश बन्नेले संसदीय सुनुवाई समितिमा फेस गर्नुपरेको थियो ।
न्यायालयको विकृति यति चरमचुलीमा पुगेको थियो कि, कुन मुद्दा कसको इजलासमा पर्दा कस्तो फैसला आउँछ भनेर बाहिरबाट पूर्वानुमान हुने गरेको थियो ।
चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएर आएपछि अदालतमा मुद्दाको खुलेआम किनबेच हुने गरेको आरोप अरूले होइन कानून व्यवसायीको छाता संगठन नेपाल बारले लगाएको हो । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले चोलेन्द्रले पैसा खाएर गरेका फैसलाको सूचना दिन सार्वजनिक रूपमै आह्वान गरेका छन् ।
अदालतमा हुने भ्रष्टाचार र अनियमितताको नाइके र मुख्य संरक्षक प्रधानन्यायाधीश जबरा रहेको भन्दै नेपाल बार एसोसिएसनले झण्डै दुई हप्तादेखि सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको छ ।
न्यायालयको इतिहासमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध नाराबाजी दुर्लभै भएको थियो ।
प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीशहरू एकजुट भएको र निकास दिन आग्रह गरेको पनि यो दुर्लभ परिघटना हो ।
नेपाल बारको आन्दोलन र सर्वोच्चका न्यायाधीशको भद्र अवज्ञाका कारण न्यायालयमा गोला प्रथाद्वारा पेशी तोक्ने निर्णय हुनु न्यायालय सुधारमा एउटा अग्रगामी छलाङ हो ।
यसले न्यायालयको भ्रष्टाचार पूरै अन्त्य भएको भनेर ठोकुवा गर्न नसकिए पनि सुधारका लागि महत्त्वपूर्ण कडी अवश्य मान्न सकिन्छ ।
न्यायालय सुधारमा गर्नुपर्ने अन्य धेरै काम छन् । न्यायाधीश हरिकृष्ण कार्कीको समितिले दिएको प्रतिवेदन कार्यान्वयनले न्यायालयलाई अझ पारदर्शी बनाउने छ र जनविश्वास बढाउने छ । गोलाप्रथाद्वारा पेशी तोक्ने र अटोमेसनमा जाने कुरालाई सुधारको पक्षमा भएको उपलब्धि मान्नुपर्छ ।
२०६३ सालमा सम्पन्न जनआन्दोलनले राजाका अधिकार कटौती गरेर प्रतिनिधि सभा घोषणापत्र जारी गरेको थियो, त्यसलाई नेपाली म्याग्नाकार्टा भनेर सम्बोधन गरिएको थियो ।
सन् १२१५ मा बेलायतमा नागरिक स्वतन्त्रताको पक्षमा गरिएको घोषणालाई ‘म्याग्नाकार्टा’ नाम दिइएको थियो ।
न्यायालयको सुधारका लागि न्यायाधीश र बारले गरेको यो प्रयास प्रशंसनीय छ । अहिले भएको सुधारबाट कुनै प्रधानन्यायाधीश पछि हट्न सक्ने छैनन् ।
अदालतप्रति गुमेको जनआस्था र भरोसा पुनः फर्काउनका लागि भविष्यमा आउने प्रधानन्यायाधीशले थप सुधारका प्रयासलाई अगाडि बढाऊन् ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...