०१ साउन २०८३, शुक्रबार

नयाँसँग बिहे गर्न मण्डपमा बसेका दुलाहाविरुद्ध पूर्व प्रेमिकाको एक फोनले हंगामा, प्रहरी नै पुग्यो

मंसिर ७, २०७८
नयाँसँग बिहे गर्न मण्डपमा बसेका दुलाहाविरुद्ध पूर्व प्रेमिकाको एक फोनले हंगामा, प्रहरी नै पुग्यो

पुरानो प्रेम कहानी बिर्सिंदै नयाँसँग बिहे गर्न ठिक्क परेर मण्डपमा बसेका दुलाहाका निम्ति पूर्व प्रेमिकाले संकट निम्त्याएको घटना भारतको बिहारबाट सार्वजनिक भएको छ ।

बिहारको खगडिया जिल्लामा बिहेका लागि दुलाहा पोशाकमा सजिएर मण्डपमा बसेका थिए, जन्ती खुशीयाली मनाइरहेका थिए । तर अकस्मात संकट आइलाग्यो ।

खगडिया जिल्लाको तेमथा गाउँमा बस्ने राहुलकुमार मिश्राले पूर्व प्रेमिकालाई धोका दिएर नयाँसँग बिहे गर्न लागिरहेका थिए । त्यो थाहा पाएपछि पूर्व प्रेमिकाले प्रहरीमा उजुरी गरिन् र प्रहरीले बिहेकै दिन बिहे कार्यक्रममा पुगेर राहुललाई पक्राउ गर्‍यो । पूर्व प्रेमिकाले बिहे भइरहेको ठेगानाबारे प्रहरीले टेलिफोनबाट तत्कालै जानकारी दिएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अकस्मात यस्तो घटना भएपछि सबै हेरेको हेर्‍यै भए । राहुलले आफ्नो घरबाट टाढा काकाको घरमा गएर बिहे गर्न खोजेका थिए ।

राहुलकी पूर्व प्रेमिका शिक्षिका हुन् । राहुलले बिहे गर्ने आश्वासन दिएर शारीरिक शोषण गरेको र अन्तिममा धोका दिएको उजुरी पूर्व प्रेमिकाले प्रहरीमा दिएकी छन् । पहिला राहुल र पूर्व प्रेमिका धनबादको एकै स्कूलमा काम गर्ने र स्कूलमा कार्यरत रहँदा प्रेम भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्