१६ असार २०८३, मंगलबार

एमाले सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने- पपुलर मत ल्याएर जित्छु

एमाले सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने- पपुलर मत ल्याएर जित्छु
फाइल तस्वीर।

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

पूर्वमन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै ‘पपुलर’ मत ल्याएर जित्ने दाबीसमेत गरे । 

मंगलवार रिपोर्टर्स् क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफैं पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गरे । 

‘समकालीन हिसाबमा फादर अफ दी नेशनको रुपमा युवाहरू अथवा जनताहरूले स्वीकार गरिरहेको र आफूलाई चाँहि समकालीन राजनीतिका एउटा अब्बल नेताको रुपमा स्वीकारेकाले केपी ओलीलाई हामी अध्यक्ष बनाउँछौं । र, उहाँको सशक्त सहयोगीको हिसाबले म यसपालि सचिवको रुपमा महाधिवेशनमा आफूलाई दाबेदारी प्रस्तुत गरिरहेको छु,’ उनले भने, ‘म आफैं यो आन्दोलनबाट खारिएर आएको हुनाले, केपी कमरेडसँगको मेरो एक खालको हार्दिकता भएको हुनाले मलाई देशभरको एमाले कार्यकर्ताले माया गर्छन् । मलाई लाग्छ- निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु ।’

नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्