१६ असार २०८३, मंगलबार

भीम रावलले चुनौती दिनुभएको होइन, सम्मान र माया देखाउनुभएको हो- केपी ओली

भीम रावलले चुनौती दिनुभएको होइन, सम्मान र माया देखाउनुभएको हो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने वा नबन्नेबारे अहिलेसम्म टुंगो नलागेको बताएका छन् । 

आज बानेश्वरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले उम्मेदवार बन्नेबारे टुंगो नलागेको बताएका हुन् । 

सम्पादकहरूले सोधेको प्रश्नको उत्तर दिँदै ओलीले भने, ‘मैले अध्यक्षमा उम्मेदवारी दिने वा नदिने टुंगो गरेको छैन । उठ्ने टुंगो गरे भने निर्विरोध छाड्न पनि पाइन्छ । चुनौती दिन पनि पाइन्छ । लोकतन्त्रमा चुनौती स्वीकार्न पर्छ ।’

उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरेर उनले चुनौती दिएको नभई आदर, सम्मान र माया देखाएको बताएका छन् ।

‘केपी ओली लामो समय काम गर्छन, निरन्तर खट्छन् । थकाइ लाग्यो होला आराम गर्नुहोस् भन्नु चुनौती दिएको होइन । उहाँले सुझाव दिनुभएको छ । उहाँको स्नेहपूर्ण सुझावबाट प्रभावित छु,’ ओलीले भने ।

केपी ओली अध्यक्ष नउठे हुन्थ्यो भन्ने चाहना पार्टीभित्रका केही र बाहिरका मान्छेलाई पनि भएको उनले बताए । ‘पार्टी बाहिरका मान्छेका पनि मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने सुझाव छ,’ ओलीले भने । 

एमाले लोकतान्त्रिक पार्टी भएकाले कसैलाई नउठ्न, करकाप, जोरजुलुम गर्न नमिल्ने ओलीले बताए । 

‘मैले पार्टी अध्यक्षमा उठ्ने निर्णय गरे भने नउठ्न कसैलाई दबाब दिने पक्षमा छैन । दबाब हुने खालको अभिव्यक्ति, व्यवहार केही पनि गर्दिनँ,’ 
 

salt training

कमेन्ट गर्नुहोस्