०४ साउन २०८३, सोमबार

अदालतमा उपस्थित हुन दिल्लीबाट पटना पुगे लालूप्रसाद, ३० नाेभेम्बरमा हुनेछ सुनुवाइ

मंसिर ७, २०७८
अदालतमा उपस्थित हुन दिल्लीबाट पटना पुगे लालूप्रसाद, ३० नाेभेम्बरमा हुनेछ सुनुवाइ
फाइल तस्वीर।

भारत विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका सुप्रिमो लालूप्रसाद यादव आज पटनाको सीबीआई अदालतमा पेश भएका छन् । 

चारा घोटाला मुद्दामा भागलपुर र बांका कोषागारसँग जोडिएको मुद्दामा सीबीआईको विशेष अदालतले लालू यादवलाई सशरीर उपस्थिति हुने आदेश दिएको थियो । 

अब यो मुद्दाको सुनुवाइ आगामी ३० नोभेम्बरमा हुनेछ । अदालतमा पेश हुनका लागि यादव सोमवार दिल्लीदेखि पटना पुगेका थिए । 

सीबीआईको विशेष अदालतका न्यायाधीश प्रजेशकुमारसमक्ष लालूप्रसाद यादवसहित यो मुद्दासँग जोडिएका २८ आरोपी पेश भएका थिए । 

लालूप्रसादविरुद्ध चारा घोटालाको ६ वटा मुद्दा चलिरहेको छ, जसमा पाँचवटा झारखण्डको राँची विशेष सीबीआई अदालतमा र एउटा पटना सीबीआई अदालतमा सुनुवाइ चलिरहेको छ । डोरन्डा ट्रेजरीबाट १३९ करोड रूपैयाँको अवैध निकासी मुद्दाको बहस २९ नोभेम्बरमा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्