१५ असार २०८३, सोमबार

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

एमालेको मंगलवार भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल गठन गरेको हो ।

एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनमा माइन्युट कमिटीका लागि सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य सूर्य थापा, मनोजजङ्ग थापा, विष्णु रिजाल, ठाकुर गैह्रे, गोविन्द नेपाली र ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको छ ।

मंसिर १० गतेदेखि चितवनमा हुने एमालेको दशौं महाधिवेशनमा निर्वाचित एक हजार ८८९, पदेन २३९ छन् भने महोत्तरी, रौतहट, भुपु सैनिक क्षेत्र, मजदुर विशेषबाट चयन हुन बाँकी ६७ जना आउन बाँकी ६७ का साथै कूल ५ प्रतिशत मनोनित १०३ हुनेछन् । यी प्रतिनिधिमा १९५ दलित र ५७६ महिला प्रतिनिधि हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्