
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट तनहुँ क्षेत्र नं १ को सभापतिमा श्याम मौराती र क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन्न मतगणनानुसार ४८५ मत प्राप्त गरी मौराती क्षेत्रीय सभापतिमा निर्वाचित भए । सभापतिका प्रतिस्पर्धी विश्व बाँस्तोलाले ४०२ मत प्राप्त गरे । पदाधिकारीमा मौरातीको प्यानल नै विजयी भएको छ ।
क्षेत्रीय सचिवमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित भए । सह–सचिवमा युवराज आले र शैलेश खाती निर्वाचित भए ।
यस्तै महाधिवेशन प्रतिनिधिमा खुला पुरुषतर्फ वैकुण्ठ न्यौपाने ५५९, रघुनाथ पौडेल ४९१, रामचन्द्र पोखरेल ४८०, दीपक भट्टराई ४५६, देवकुमार श्रेष्ठ ४५५, रेशमलाल गुरुङ ४४१, सुरेश भट्टराई ४२६, आनन्दराज त्रिपाठी ४२२, रामचन्द्र अधिकारी ४११ र लक्ष्मीप्रसाद आचार्य ४०५ मत प्राप्त गरी निर्वाचित भए ।
खुला महिलातर्फ चिनु पोखरेल ५३०, नारायणी अधिकारी ४९९, विणा कैनी ४३९ र पुष्पादेवी श्रेष्ठ ४१९ मत प्राप्त गरी विजयी भए । दलित खुलातर्फ डोवाटे विक, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले ५६२, रामबहादुर बानियाँ ४६७, जनजाति खुलामा अशोककुमार श्रेष्ठ ४६७, टेकबहादुर गुरुङ ४३६ र पूर्णबहादुर गुरुङ ४२१ मत प्राप्त गरी विजयी भए । आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ ५४० र आशा थापा ४०३ मत प्राप्त गरी विजयी भए। दलित महिलातर्फ चन्द्रमाया परियार ४८८ र अल्पसङ्ख्यकतर्फ खरसिं दरै ५०९ मत प्राप्त गरी विजयी भए । खसआर्य महिलातर्फ पवित्रा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भइन् । महाधिवेशन प्रतिनिधिमा विजयी त्रिपाठी, श्रेष्ठ, थापा र गुरुङ बाँस्तोला प्यानलका तथा अन्य मौराती प्यानलका हुन् ।
यसैगरी तनहुँ क्षेत्र नं २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भए । रासस