२४ जेठ २०८३, आइतबार

आमिर खानको फिल्म दंगल चीनमा किन भयो हिट ?

कात्तिक २०, २०७४
आमिर खानको फिल्म दंगल चीनमा किन भयो हिट ?
चीनको सामाजिक सञ्जालको माध्यमबाट घर घर पुगेको दंगलको कथाले हलहरुमा रिकर्ड तोडेर प्रदर्शन गरेका छन् ।

चीनको दर्शक गीता–बबीता र उनको परिवारको संघर्ष आफ्नो अतीतसँग जोडेर हेरिरहेका छन् ।

चिनियाँ क्रान्ति भन्दा पहिला याहाँ पनि महिलालाई अगाडि बढ्न घर र समाजसँग लड्न पथ्र्यो । उनीहरुले यस्तो काहनी आफ्ना पूर्वजबाट सुनेका थिए ।

यही कारण चीनियालाई गहिराइसँग जोड्न यो फिल्म सफल भएको छ ।

मानिसहरु आफ्ना परिवारका सदस्य र साथीहरुलाई दंगल हेर्न सल्लाह दिइरहेका छन् ।

तर चिनियाँ युवाहरुमा आमिर खानको लोकप्रियता पनि यस फिल्मको सफलताको एक कारण हो ।

पाँच मेमा चीनको सिनेमाघरमा चलेको दंगल एक महिना चलिसक्दा पनि हाउसफुल छ । फिल्मले अहिलेसम्म १२ सय करोड रुपैयाँको कारोबार गरिसकेको छ । जो यस सालको सवैभन्दा धेरै कमाइ गर्ने वाला फिल्म हो ।

पहिला पनि आमिर खानको फिल्म देखिसकेकाहरुले दंगललाई उनको सवैभन्दा राम्रो फिल्मको रुपमा लिएका छन् ।
फिल्मको कहानी तथा रुढिवादी समाजसँग लड्ने ध्येयबाट मानिसहरु प्रभावित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्