
रसुवाको पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा १ बालिकाको मृत्यु भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी ४ वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौंबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नम्बरको यात्रुबाहक टाटासुमोले ठक्कर दिएको थियो ।
गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया उर्जा घले र ८ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौंको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पैदलयात्रीलाई ठक्कर दिई जीप राजमार्गभन्दा करीब ५० मिटर तल खसेको थियो । जीपमा ४ जना सवार थिए । आमाछोदिङ्मो गापा–५ ब्राजमका जीप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नम्बर २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।