०७ असार २०८३, आइतबार

म्याग्दालेना एन्डरसन बनिन् स्विडेनकी पहिलो महिला प्रधानमन्त्री

मंसिर ८, २०७८
म्याग्दालेना एन्डरसन बनिन् स्विडेनकी पहिलो महिला प्रधानमन्त्री

संसदमा आवश्यक मत प्राप्त गरेपछि बुधवार म्याग्दालेना एन्डरसन स्विडेनकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । 

एन्डरसनले साँघुरो विजय प्राप्त गरेकी हुन् । जम्मा एक भोटले उनको सरकार बनेको हो । 

उनी यसअघि अर्थमन्त्री थिइन् । नोभेम्बर महिनाको आरम्भतिर उनी सोसल डेमोक्रेट्स पार्टीकी प्रमुख बनेकी थिइन् । 

मंगलवार अबेर राति उनले लेफ्ट पार्टीसँग सहमति गरेर सरकार बनाउनका लागि गठबन्धन गरेकी थिइन् । 

लेफ्ट पार्टीसँगको सम्झौताबाट गरीब पेन्सनरहरूलाई सहयोग गर्ने एन्डरसनले बताइन् । 

उनलाई ग्रीन पार्टीले पहिलेदेखि नै समर्थन गर्दै आएको थियो । 

सेन्टर पार्टीले पनि एन्डरसनलाई विरोध नगर्ने बरू भोटै नदिने भनेपछि उनलाई सरकार बनाउने बाटो खुलेको हो ।

एन्डरसनको पक्षमा ११७ सांसदले मत दिएका थिए भने विपक्षमा १७४ मत परेको थियो । ५७ जना मतदानमा अनुपस्थित रहे । 

स्विडेनको संसदीय प्रणालीमा प्रधानमन्त्री बन्नका लागि बहुमत ल्याउनुपर्दैन । उम्मेदवारका विरुद्ध १७५ जना सांसद नभए पुग्छ । 
 

कमेन्ट गर्नुहोस्