२४ जेठ २०८३, आइतबार

महाधिवेशन सम्मुखमा गिरीले छाडे एमाले, समाजवादीमा जाने

महाधिवेशन सम्मुखमा गिरीले छाडे एमाले, समाजवादीमा जाने

नेकपा एमालेको केन्द्रीय निकाय अनुशासन आयोगका सदस्य अमर गिरीले महाधिवेशन सम्मुखमा पार्टी छाडेको घोषणा गरेका छन् । 

उनले आज एक विज्ञप्ति प्रकाशन गरेर एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमालेमा दक्षिणपन्थी, विचलन देखा परेको र त्यसलाई सच्याउने आधार समेत बाँकी नरहेकाले एमालेमा रहिरहन उपयुक्त नभएको गिरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट पारित विचार, नीति, कार्यक्रम र कार्यदिशाविपरीत अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिलाई बढावा दिएको उनले आरोप लगाएका छन् ।

गिरीले एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा पनि विज्ञप्तिमार्फत् गरेका छन् ।

एमाले अनुशासन आयोगमा रहेका गिरी कला, साहित्य क्षेत्रमा सक्रिय थिए । 

उनी एमालेको आसन्न महाधिवेशन प्रतिनिधि पनि हुन् । तर, महाधिवेशन उद्घाटन हुनुभन्दा दुई दिन अघि उनले पार्टी छाडेको घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्