जेठ ४, २०७९
विराटनगर महानगरपालिकामा हालसम्म ४४ हजार ५६८ मत गणना भइसकेको छ । गणना भएकोमध्ये कांग्रेसका नागेश कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् । कोइरालाले १४ हजार ६१ मत ल्याउँदा एमालेका सागर थापा...
नेकपा एमालेको केन्द्रीय निकाय अनुशासन आयोगका सदस्य अमर गिरीले महाधिवेशन सम्मुखमा पार्टी छाडेको घोषणा गरेका छन् ।
उनले आज एक विज्ञप्ति प्रकाशन गरेर एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमालेमा दक्षिणपन्थी, विचलन देखा परेको र त्यसलाई सच्याउने आधार समेत बाँकी नरहेकाले एमालेमा रहिरहन उपयुक्त नभएको गिरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
एमालेको नवौं महाधिवेशनबाट पारित विचार, नीति, कार्यक्रम र कार्यदिशाविपरीत अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिलाई बढावा दिएको उनले आरोप लगाएका छन् ।
गिरीले एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा पनि विज्ञप्तिमार्फत् गरेका छन् ।
एमाले अनुशासन आयोगमा रहेका गिरी कला, साहित्य क्षेत्रमा सक्रिय थिए ।
उनी एमालेको आसन्न महाधिवेशन प्रतिनिधि पनि हुन् । तर, महाधिवेशन उद्घाटन हुनुभन्दा दुई दिन अघि उनले पार्टी छाडेको घोषणा गरेका छन् ।
विराटनगर महानगरपालिकामा हालसम्म ४४ हजार ५६८ मत गणना भइसकेको छ । गणना भएकोमध्ये कांग्रेसका नागेश कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् । कोइरालाले १४ हजार ६१ मत ल्याउँदा एमालेका सागर थापा...
विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यलाल यादव ५९ मतले विजयी भएका छन् । बुधवार बिहान सार्वजनिक मत परिणामअनुसार यादव ६२८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।&nb...
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ४१ हजार १०८ मत गन्दा बालेनले १६ हजार ५२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केश...
पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बुधवार बिहानसम्मको मतगणनामा नेकपा एसका उम्मेदवार आचार्यले १२ हजार ९४५ म...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले अग्रता बढाएको छ । मतगणनामा तीन दिनसम्म कांग्रेसले अग्रता लिएकोमा बुधवार एमालेले अग्रता बनाएको हो । बुधवारको पछिल्लो अपडेटमा ६२५ मतको अग्रतासहित बा...
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । बुधवार बिहानसम्मको नतिजामा कांग्रेस २ सय स्थानीय तहको प्रमुख जितेर अग्रस्थानमा छ । नेपाली कांग्रेसले १२१ स्थानमा अग्रता ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...