०४ साउन २०८३, सोमबार

अब कसैसँग एकीकरणको कुरै हुँदैन- ओली

अब कसैसँग एकीकरणको कुरै हुँदैन- ओली
फाइल तस्वीर।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब कसैसँग एकता, एकीकरणको कुरा नहुने बताएका छन् । 

काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा सभामा सम्बोधन गर्दै ओलीले एमालेले एकता र एकीकरण गर्नुपर्ने पार्टी कुनै नभएको बताएका हुन् । 

‘कोसँग एकता गर्ने माधव नेपालसँग ?,’ उनले भने, ‘माधव नेपालले झुक्याएर लगेका साथीहरू निद्राबाट ब्यूँझनुस्, फर्किनुस् ।’

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या मात्रै खडा गर्ने आरोप लगाएका छन् । 

‘प्रचण्डले समस्या समाधान गर्ने होइन, समस्या खडा मात्रै गर्छन्,’ उनले भने, ‘हामीलाई बिगार्न खोज्या थ्यो, हामीलाई देखेपछि टाप । अहिले कांग्रेसलाई समातेको छ, म कांग्रेसलाई सुझाव दिन चाहन्छु प्रचण्डले भ्याइदिन्छन् ।’

यस्तै उनले कांग्रेस बूढो पार्टी भएकाले देश बनाउन नसक्ने जिकिर गरे । 

salt training

कमेन्ट गर्नुहोस्