जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई साधारण सदस्यमात्र रहनेगरी घटुवा गरिएको छ ।
सांसद समेत रहेका यादवलाई पार्टी केन्द्रीय सदस्यबाट घटुवा गरी साधारण सदस्यमात्र बनाइएको जसपाका एक कार्यकारिणी सदस्यले लोकान्तरलाई जानकारी दिए ।
यादवलाई केन्द्रीय समितिबाट हटाएर उनका विरोधी मानिएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
सरावगीलाई यसअघि प्रदेश कमिटीको कोषाध्यक्षबाट हटाइएको थियो । सरावगी पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । बैठकले सांसद सूर्य नारायण यादव, चन्देश्वर सदा समेत पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।