वरुण धवनले यसअघि कहिल्यै नगरेको रोल नयाँ फिल्ममा गर्न लागेका छन् ।
उनको फिल्म भेडियाको फर्स्ट लूक पोस्टर सार्वजनिक गरिएको छ ।
रातो रंग भएको फिल्मको टाइटल अनि कालो रहस्यमा पोतिएको वरुणको लूक निकै भव्य देखिन्छ ।
फिल्ममा कृति सानोन पनि हुनेछिन् ।
हलिउडको स्पेसल इफेक्ट उपयोग गरिने यस फिल्मलाई अमर कौशिकले निर्देशन गर्नेछन् ।
कौशिकले भने, ‘भेडियाको कथामा आश्चर्यजनक दृश्यहरू रहनेछन् । यो नयाँ दिशा पहिल्याउने भीएफएक्स फिल्म मात्र नभई दर्शकलाई पूर्ण मनोरञ्जन दिने चलचित्र हुनेछ ।’
भेडियामा फिल्म निर्माताहरूले भिजुअल इफेक्टको जादू छर्ने बताएका छन् ।
यो फिल्म अर्को वर्ष नोभेम्बर २५ मा सार्वजनिक गरिनेछ ।