×

NMB BANK
NIC ASIA

दुर्गन्धित बन्दै सेती नदीः भविष्यमा विकराल समस्या आउन सक्ने विज्ञको चेतावनी

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सेती नदीलाई पवित्र मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ ।

Muktinath Bank

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहर सिधै सेती नदीमा फालिने गरेका कारण बर्सेनी फोहर तथा  दुर्गन्धित बन्दै गएको हो । प्रदूषणकै कारण अहिले नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सदरमुकाम दिपायल, पिपल्ला किनारका बस्तीका सबै फोहर नदीमै जान्छ', स्थानीयवासी तथा व्यापारी रामबहादुर विष्टले भने। उनका अनुसार बजार क्षेत्रको फोहर सेतीमै बिसर्जन गरिन्छ । किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ । अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ । यसले सेती नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो । कुहिने नकुहिने सबै प्रकारका फोहर सेतीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो । 


Advertisment
Nabil box
Kumari

'यहाँका व्यापारी तथा स्थानीयवासीले घरको ढल र प्लास्टिकजस्ता फोहोर सधैँ नदीमा फाल्ने गरेका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ', उनले भने, 'नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहर तथा स्थानीयवासीले ढल सिधै नदीमा फाल्ने गरेका छन्, यसले बर्सेनि सेती नदी दुर्गन्धित बन्दै गएको छ ।' बजारबाट निस्किने फोहर तथा ढल नदीमा मिसाउने विषयमा पटक–पटक दिपायल सिलगढी नगरपालिकामा जानकारी गराउँदासमेत व्यवस्थापनका लागि नगरपालिकाले खासै चासो नदेखाएको स्थानीयवासीको आरोप छ ।

Vianet communication
Laxmi Bank

 बजारबाट निस्किने फोहर व्यवस्थापनका लागि जमिन नपाएका कारण समस्या हुँदै आएको नगरपालिकाले जनाएको छ । धार्मिक आस्था बोकेका पवित्र सेती नदीमा फोहर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै क्षारियपना बढ्दै गएको अर्का स्थानीयवासी घनश्याम पाठकले बताए । उनले भने, 'सेती नदी हिमालबाट बगेर आउँछ, यो पवित्र नदी हो, यसैमा फोहर मिसाउँदैछन्, यो क्रम नरोकिए अबका केही वर्षमा यो नदी वाग्मती नदी जस्तै फोहर हुनेछ ।'

फोहरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणी हराउँदै जान थालेको उनको भनाइ छ । यतिमात्र होइन, गर्मी होस् वा जाडो, यहाँका नागरिक सेती नदीको पानी खानका लागि प्रयोग गर्ने भएकाले फोहर तथा दुर्गन्धित हुन थालेपछि विभिन्न खाले रोगको सङ्क्रमण देखिने अवस्था रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आइजङ् कुँवरले बताए । उनले भने, 'दिपायलमा पानीको समस्या हुन्छ, यहाँका नागरिकले प्रायः खानका लागि सेती नदीकै पानी प्रयोग गर्छन, त्यही पानी फोहर भए रोगको सङ्क्रमण बढ्ने नै भयो ।' यहाँका स्थानीयवासीले नदीको पानीमा नुहाउने, गाईवस्तुलाई खुवाउने, बालुवा झिक्ने र दाउरा सङ्कलन गर्ने जस्ता काम गर्दै आएका छन् । 

यहाँको शिखर नगरपालिकाको बानीडुग्रीसैनदेखि दिपायल सिलगढी नगरपालिकाको नारिदाङसम्मका नागरिकले सेती नदीको पानी प्रयोग गर्दै आएका छन् । खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको भए पनि यहाँका दुई स्थानीय तह दिपायल सिलगढी र शिखर नगरपालिकाले नदीमा फोहर व्यवस्थापनका लागि पहल नचालेकाले यस्तो समस्या उत्पन्न भएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले बताए । 

उनले भने, 'फोहर व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल चाल्दैन, बजारको फोहर र घरका ढल जति नदीमा छन्, कसरी सेती नदी सफा र शुद्ध हुन्छ ।' उहाँका अनुसार नदी किनारका कयौँ घरको शौचालयको सेफ्टीट्याङ्की अहिले पनि छैनन् । मदिराका बोतल जथाभावी फालिएका देखिन्छन् । घर तथा बजारबाट निस्किने फोहर नदी तथा खोलामा सिधैँ फाल्न नपाउने कानूनी व्यवस्था भए पनि त्यसको वास्ता नगरी नदीमा फोहर व्यवस्थापन गरिएकाले समस्या भएको कानून व्यवसायी शङ्करदीप मडैले बताए । उनले भने, 'नदी तथा खोलामा सिधैँ फोहर व्यवस्थापन गर्न नपाइने कानूनी व्यवस्था छ तर त्यसको कार्यान्वयन नहुँदा समस्या भएको देखिन्छ ।' 

सेती नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने वातावरणविज्ञको भनाइ छ । 'घरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा दूषितको मात्रा बढ्दै गएको छ । यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ', वातावरणविज्ञ भन्छन्, 'यसतर्फ सबैले समयमै सोच्नुपर्छ ।'  विमलबहादुर विष्ट,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x