१० असार २०८३, बुधबार

भारतीय सांसदले गरे मोदीको दाह्रीको प्रशंसा, भने– दाह्रीबाट झर्छ घरै घर (भिडियो)

मंसिर ९, २०७८
भारतीय सांसदले गरे मोदीको दाह्रीको प्रशंसा, भने– दाह्रीबाट झर्छ घरै घर (भिडियो)

मध्य प्रदेशको रीवाबाट भारतीय जनता पार्टी सांसद रहेका जनार्दन मिश्राले प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को प्रशंसा गरेका छन् । 

उनले भने, ‘मोदीजीको दाह्री अमर छ । उहाँको दाह्रीबाट घर झर्छन् । एकपटकमा ५० लाख, अर्कोपटकमा एक करोड घर झर्छन् ।’

मिश्राले ३ नोभेम्बरमा दिएको बयान अहिले भाइरल भइरहेको हो । 

सेमरिया विधानसभा क्षेत्रमा सडकको भूमिपूजनका क्रममा उनले मोदीको महिमा गाएका हुन् । यस देशमा प्रत्येक व्यक्तिले घर नपाउन्जेल मोदीको दाह्रीबाट आवासै आवास निस्कने उनले बताए । एकचोटि दाह्री हल्लाउँदा ५० लाख घर, अर्कोचोटि हल्लाउँदा एक करोड घर झर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री आवास योजना सफल भएको भन्दै मिश्राले प्रशंसा गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्