१९ असार २०८३, शुक्रबार

चीन र पाकिस्तानको गठबन्धनमा भारतले कडा नजर राख्नुपर्छ : भारतीय जलसेना प्रमुख

मंसिर ९, २०७८
चीन र पाकिस्तानको गठबन्धनमा भारतले कडा नजर राख्नुपर्छ : भारतीय जलसेना प्रमुख

भारतले चीन र पाकिस्तानको सैन्य गठबन्धनलाई नजिकैबाट नियालिरहेको भारतीय जलसेना प्रमुख एडमिरल करमबीर सिंहले बताएका छन् । 

चीनले केही दिनअघि मात्र पाकिस्तानलाई एउटा युद्धपोत उपलब्ध गराएको छ । 

भारतमै बनेको पनडुब्बी आईएनएस वेला जलसेनालाई सुम्पिने समारोहमा एडमिरल सिंहले उक्त भनाइ राखेका हुन् । 

भारतले स्वदेशी विमानवाहक युद्धपोत आईएनएस विक्रान्तलाई सफलतापूर्वक समुद्रमा ट्रायल शुरू गरेको जानकारी पनि उनले दिए । सन् २०२२ को अगस्ट महिनासम्ममा यसलाई भारतीय जलसेनामा संलग्न गराइनेछ । 

आईएनएस वेला आएपछि देशको जलसेनाको शक्ति थप बढेको नेभी चीफले बताए । यसबाट समुद्री सीमाको सुुरक्षालाई थप बलियो बनाउन सकिने उनको कथन छ । 

प्रोजेक्ट ७५ अन्तर्गत भारत र फ्रान्स मिलेर पनडुब्बी बनाउँदैछन् । तीमध्ये आधा पनडुब्बी तयार भइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्