२४ जेठ २०८३, आइतबार

कांग्रेस–एमाले हात्ती, माओवादी माउते’ : प्रचण्ड

कात्तिक २०, २०७४
कांग्रेस–एमाले हात्ती, माओवादी माउते’ : प्रचण्ड
खोटाङ, ११ असार - पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमाले हात्ती र माओवादी केन्द्र माउतेको भूमिकामा रहेको बताएका छन् ।unnamed_2
आइतबार दिउँसो खोटाङको सिम्पानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान बनाउने बेला मैले नै सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री भनेर घोषणा गरेपछि संविधान बन्यो । स्थानीय तहको निर्धारण र स्थानीय तहको निर्वाचन घोषणामा पनि माओवादीकै निर्णायक भूमिका रह्यो । हेर्दा हात्ती माउतेभन्दा ठूलो र बलवान् पनि देखिन्छ । तर, हात्तीलाई माउतेले तह लगाउँछ । अहिले कांग्रेस र एमाले हात्तीको भूमिका छन्, माओवादीले माउतेको भूमिकामा उनीलाई गणतन्त्र, संघीयता, स्थानीय तह र परिवर्तनको बाटोमा हिडाइरहेको छ ।’
सभामा प्रचण्डले माओवादी केन्द्र सत्ताका लागि लुछाचुडी नगर्ने पार्टी भएको बताए । उनले भने, ‘कांग्रेस–एमालेलाई देश र जनताको हितभन्दा सत्ताको लुछाचुडी नै राम्रो लाग्छ । उनीहरु सहमति गर्छन् । तर, पालना गर्दैनन् । एउटाले अर्कालाई धोका दिनु, छलछाम गर्नु र सत्ताका लागि देशलाई नै बन्धक बनाउनुलाई राजनीति ठान्छन् । तर, माओवादी त्यस्तो गर्न सक्दैन । बेइमानी माओवादीको चरित्र र संस्कारभित्र पर्दैन, माओवादी इमान र निष्ठाको राजनीति गर्छ ।’
सभामा माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजनप्रसाद ढकाल र उपमेयरकी उम्मेदवार सुशील बान्तवा राईले गाउँपालिकाको विकासबारे आफ्नो प्रतिवद्धता राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्