×
Bajaj Top
Khukuri
FONEPAY

वीरगञ्जमा वायु प्रदूषण मापन शुरू

विरगञ्ज | मंसिर १२, २०७८

NTC
TVS INSIDE

वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । 

Sanima Bank
morang Auto yamaha

अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन शुरू भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वीरगञ्ज महानगरपालिका–३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ । डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्ने छ । 

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इन्जिनीयर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही पर्छ । यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको संख्या पनि बढ्दो छ । 

करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ । 

शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य शुरू गरिसकेको जनाएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत संकलन कार्य सम्पन्न भइसकेको इन्जिनीयर कर्णले जानकारी दिए ।

‘वीरगञ्ज उद्योग वाणिज्य संघसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्यांकन भइरहेको छ,’ उनले भने । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ ।

उनका अनुसार यहाँ साना, मझौला र ठूला गरी करीब २०० उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्यांकन गर्ने काम गरिरहेको छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।  जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ का...

माघ १०, २०७८

नयाँ रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाले स्वागत गरेको छ । जंगी अड्‍डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी,...

माघ १०, २०७८

घोराही कारागारबाट गत पुस ८ गते प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी बाँकेको जमुनाह नाकाबाट पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय ...

माघ १०, २०७८

इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो । आज अपराह्न साढे २ बजे झापाबाट इलाम म...

माघ १०, २०७८

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ ।  पर्यटक तथा सर्वसाधारणल...

माघ १०, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचार पश्चात सोमबार स्वदेश फिर्ता भएका छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा उनले करिब ४ महिना उपचार गराएका थिए। उनले आफू स्वस्थ भएर फर्किएको विमानस्थलमा प्रतिक्रिया दिए ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...