×

NMB BANK
NIC ASIA

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

मंसिर १२, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ ।

Muktinath Bank

आगामी ६/७ महिनाभित्र आयोजनाबाट १४ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण समेत गरेका थिए ।
 
बाढी पहिरो, भूकम्प, कोभिड संक्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको जनाइएको छ ।  कार्यकारी निर्देशक घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत् गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिवार स्थलगत निरीक्षण गरेका थिए । यी २ आयोजनाले भने १ वर्षभित्र विद्युत उत्पादन गर्ने जनाइएको छ । 

Vianet communication
Laxmi Bank

ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट यी ३ जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण शुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् ।

सबैको मनमस्तिकमा गढेको उज्यालो नायकका रूपमा परिचित घिसिङको भ्रमणले रसुवामा सञ्चालित अन्य विद्युत् आयोजना लक्षित समयमा पूरा गराउन प्राविधिकलाई थप हौसला बढेको र आगामी दिनमा उनको भ्रमणले निरन्तरता पाइरहने आफूहरू आशावादी रहेको विद्युत् क्षेत्रमा कार्यरत प्राविधिक बताउँछन् ।

चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत शेयर जिल्लावासीलाई उपलब्ध गराई खरिद गर्न नसक्नेका लागि बैंकबाट ऋणको समेत व्यवस्था मिलाउने कार्यमा कार्यकारी निर्देशक घिसिङले योगदान दिएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x