०१ असार २०८३, सोमबार

जाजरकोटमा रात्रीबस दुर्घटना : ५ जनाको मृत्यु, २९ घाइते

मंसिर १२, २०७८
जाजरकोटमा रात्रीबस दुर्घटना : ५ जनाको मृत्यु, २९ घाइते
प्रतिकात्मक तस्वीर

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

नेपालगञ्जदेखि राडीबजार जाँदै गरेको ना५ख २७५७ नम्बरको रात्रीबस जाजरकोटको कुदुनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

दुर्घटनामा परी नलगाड–३ करुवाका शेरबहादुर परियार, आठबीसकोट–४ की दिव्या शाही र सप्तरीको राजविराज–१ घर भएका र हाल जाजरकोटको सक्लास्थित दीपेन्द्र आधारभूत विद्यालय कार्यरत गंगाराम यादवको मृत्यु भएको छ । मृतक अन्य २ जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्