२६ जेठ २०८३, मंगलबार

एमालेले लगायो कांग्रेसमाथि गम्भीर आरोप

कात्तिक २०, २०७४
एमालेले लगायो कांग्रेसमाथि गम्भीर आरोप
काठमाडौं, ११ असार — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुबीर महासेठले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५० प्रतिशत स्थानमा विजय हाँसिल गर्ने दाबी गरेका छन् ।raghubir
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर भएकोले दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी नै पहिलो हुने दाबी गरेका हुन् । उनले भने,‘म आँफै चुनावी अभियानमा प्रायः सबै जिल्ला घुमेको छु, एमालेको पक्षमा व्यापक जनलहर छ, हामी ५० प्रतिशत ल्याउँछौं।’
महासेठले आफ्नो पार्टीविरुद्ध सरकारमा बस्ने पार्टीहरुले षडयन्त्र गरिरहेको समेत आरोप लगाए । उनले भने,‘हामीले त चरण चरणको निर्वाचन माँग गरेका थिएनौं, हामीले ७ वटै प्रदेशमा एकै चरणमा निर्वाचन हुनुपर्छ भनेका थियौं, तर सरकारमा बसेका पार्टीहरुले देशव्यापी रुपमा एमालेले जित्छ भन्ने थाहा पाएपछि हामीविरुद्ध षड्यन्त्र गर्नुभयो, र चुनाव सार्नुभयो।’
महासेठले सरकारले एमालेको बिरुद्धमा जनताको मत किन्न शान्ति मन्त्रालयमार्फत अरबौं रकम चोर बाटोबाट बाँड्न लागेको समेत आरोप लगाए । उनले भने,‘अहिले हामीले थाहा पाए अनुसार सरकारले ८ अर्ब ७१ करोड रुपैयाँ चोर बाटोबाट मत खरिद गर्न लागेको छ, यो कहाँसम्म न्यायसंगत हो ? ’ उनले एमालेविरुद्ध अर्थात एमालेलाई रोक्नको लागि ५० अर्ब रुपैयाँ खर्च गरेपनि एमालेलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे ।
उनले चितवनको भरतपुर घटना नदोरियोस भनेर कार्यकर्तालाई सजग गराइएको उल्लेख गर्दै भने,‘फेरि भरतपुरकोजस्तो भट्ना नघटोस् भनेर हामीले सजग गरेका छौं, तर निर्वाचन आयोगको क्रियाकलाप पनि शंकास्पद छ, हामी सर्वोच्च अदालतको निर्णय आत्मसात् गर्छौं।’ उनले चितवनको भरतपुरजस्तो मतपत्र च्यात्ने घट्ना रोक्नको लागि हात र खुट्टामा हतकडी लगाउनुपर्ने र मुखमा स्थायी खालको मास्क लगाउने व्यवस्था गर्नुपर्ने समेत माग गरे ।
त्यस्तै उनले निर्वाचनको मुखमा जानाजान आयोगको सचिवको सरुवा हुनुलाईपनि अर्को षडयन्त्रको संज्ञा दिए । नेता महासेठले मधेशमा एमालेको विरुद्धमा प्रहरी प्रयोग गरेर कांग्रेसले भोट माँगिरहेको समेत आरोप लगाए ।
उनले भने,‘प्रहरीले गस्ती गर्ने गाडीमा तस्करी भैरहेको छ, चौकीमा भोज भतेर भैरहेको छ, तर सरकार चुप लागेर बसेको छ।’ उनले तरार्इृमा प्रहरीको गुण्डाराज सुरु भएको आरोप लगाए । उनले भने,‘जो–जो प्रयोग गर्नुहोस्, तर जनताले हामीलाई विश्वास गरेका छन्, एमालेलाई भोट हाल्नुहुन्छ, तपाईहरुको केही चल्दैन्।’
उनले तराईमा एमाले सकियो भन्नेहरु प्रहरीकै बर्दीमा प्रहरीको गाडीमा मत माग्ने काम भैरहेको बताए । उनले भने,‘नेपाली कांग्रेसले अहिले तराईमा खासगरी धुनषामा प्रहरीको गुन्डाराज सुरु गरेको छ, सुरक्षा निकाय तटस्थ बस्नु पर्नेमा कांग्रेसको झण्डा लिएर हिडिँरहेको छ।’ उनले धनुषामा यसरी भएको प्रहरी प्रयोगबारे एसपीसँग जानकारी लिन खोज्दा माथिको आदेश छ भन्दै पन्छिन खोजेको स्पष्ट पारे । उनले भने,‘माथिको आदेश भनेको के हो ? आईजीसापको हो, वा कसको हो ?’

salt training

कमेन्ट गर्नुहोस्