११ असार २०८३, बिहीबार

चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मंसिर १२, २०७८
चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु
सांकेतिक तस्वीर।

चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । 

राप्ती नगरपालिका–१, मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिवार आगलागी भएको थियो । 

आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फकी ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् । 

घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिवार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतवार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्