२४ जेठ २०८३, आइतबार

स्पष्ट बहुमत नपुगेपछि कांग्रेस ललितपुरको सभापतिका लागि पुनः मतदान

मंसिर १२, २०७८
स्पष्ट बहुमत नपुगेपछि कांग्रेस ललितपुरको सभापतिका लागि पुनः मतदान

शनिवार भएको मतदानमा कुनै उम्मेदवारले स्पष्ट बहुमत नपाएपछि नेपाली कांग्रेस ललितपुरको सभापति पदका लागि आइतवार पुनः मतदान हुने भएको छ ।

शनिवार भएको मतदानमा जितेन्द्रकुमार श्रेष्ठले ४८२, मीनकृष्ण महर्जनले ३३६ र रामकृष्ण चित्रकारले ५०४ मत पाएका थिए ।

सभापति पदमा निर्वाचित हुन कुल मतदाता संख्याको ५१ प्रतिशत आवश्यक पर्छ । धेरै मत पाएका रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो ।

दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्