०८ साउन २०८३, शुक्रबार

अस्ट्रेलियाले इन्टरनेट ट्रोलहरूका विरुद्ध घोषणा गर्‍यो युद्ध

मंसिर १२, २०७८
अस्ट्रेलियाले इन्टरनेट ट्रोलहरूका विरुद्ध घोषणा गर्‍यो युद्ध

अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आपत्तिजनक कमेन्ट गर्ने अज्ञात प्रयोगकर्ताहरूको पहिचान खुलाउनका लागि बाध्य बनाउने कानून ल्याउन लागेको छ । 

त्यस्ता प्रयोगकर्ताको पहिचान सार्वजनिक गर्न नचाहने वा नसक्ने कम्पनीले मानहानिको जरिवाना रकम तिर्नुपर्नेछ । 

नयाँ कानूनले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रकाशक भनी परिभाषित गर्न खोजेको छ । उनीहरूको प्ल्याटफर्ममा प्रयोगकर्ताले सिर्जना गरेको सामग्रीका लागि उनीहरू जिम्मेवार हुनेछन् । 

विशेष संयन्त्र बनाएर जोकोहीले उजुरी दर्ता गर्न सक्छ । आफूलाई बेइज्जती गरिएको, सताइएको वा हैरान पारिएको भनी उजुरी गर्नेले पोस्टलाई हटाउनका लागि माग गर्न सक्छ । 

प्रधानमन्त्री स्कट मोरिसनले टेलिभिजनबाट प्रसारित प्रेस ब्रीफिङमा आइतवार बताए । 

अन्लाइन संसारमा बोट, बीगोट र ट्रोलहरूको साम्राज्य हुन नहुने उनले बताए । त्यस्ता मानिसले छद्म रूप धारण गरेर मानिसहरूलाई हानि गर्ने उनको भनाइ छ ।

कुनै प्ल्याटफर्मले आपत्तिजनक सामग्री डिलिट गर्न अस्वीकार गरेमा अदालतले अज्ञात कमेन्टकर्ताको पहिचान खुलाउनका लागि आदेश दिन सक्छ । कम्पनीले ट्रोलको पहिचान खुलाउन नमानेमा वा नसकेमा उसैलाई दोषी ठहर गरिनेछ र उसले त्यसको जरिवाना तिर्नुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्