
बलिउडमा यतिखेर धमाधम धेरै जोडीहरूको विवाहको मिति घोषणा भइरहेको छ ।
पछिल्लो समय टिभिकी नागिन मौनी रोयको पनि विवाहको कुरा चलेको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको मौनी रोय र सुरज नान्बियारको जोडीले अन्ततः आफ्नो प्रेम सम्बन्धलाई मुर्त रुप दिन लागेका हुन् ।
मौनीले बिहे विदेशमा गर्ने बताइएको छ ।
मौनी र सुरजले दुवई वा इटलीमध्ये एक ठाउँमा विवाह गर्ने योजना बनाएको बताइएको छ ।
मौनी र सुरजले आगामी २७ जनवरीमा विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् ।
२५ र २६ जनवरीमा विवाहको प्रक्रिया शुरू गर्ने समेत बताइएको छ ।
मौनीको हुनेवाला दुलाहा सुरज बैंकर हुन् । उनी दुबईमा बस्दै आएका छन् ।
नागिन सिरियलमा नागिन बनेर माैनी राेय लोकप्रिय बनेकी थिइन् । उनै माैनीको विवाह हुन लागेको हो ।